झापा गाउँपालिकामा राप्रपाको एकता अधिवेशन सम्पन्न-अध्यक्षमा कार्की निर्विरोध चयन।


शरणामती,चैत २०।राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा गाउँपालिका स्तरिय अधिवेशन सम्पन्न भएको छ।सुक्रबार सम्पन्न अधिवेशनबाट चन्द्र बहादुर कार्कीको अध्यक्षता २६ सदस्यीय कार्यसमिती गठन गरिएको छ।

शरणामतीमा सम्पन्न अधिवेशनमा सहरमान कटुवालको अध्यक्षता रहेको थियो भने राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा सह-महामन्त्री भक्ती सिटौला,जिल्ला अध्यक्ष अमर बहादुर विष्ट लगायत पार्टीका केन्द्र,प्रदेस र स्थानिय स्तरका कार्यकर्ताको उपस्थिति रहेको थियो।

अधिवेशनले निर्विरोध रुपमा चन्द्रबहादुर कार्कीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथी लिङदेनले झापा गाउँपालिका समितिले पार्टीलाई अतुलनीय योगदान गरेको भन्दै पार्टीको मागमा एकतावद्द हुँदै अझै बुलन्द हुन आवश्यक भएको बताए।उनले पार्टीको सुदृढीकरण र जनताको हितमा सधै लागिपर्नु पर्ने बताए।एकतामै शक्ति हुनेहुनाले पार्टी एकतानै राष्ट्रहितका लागि आजको आवश्यकता रहेकोमा लिङदेनले जोड दिए।

त्यस्तै अधिवेशनकै अबसरमा झापा गाउँपालिकामा विभिन्न पार्टीमा आवद्द २० जनाले राप्रपामा पार्टी प्रवेश गरेको सचिव भविन्द्र भण्डारीले जानकारी दिए।पार्टी प्रबेस गर्नेलाई प्रमुख अतिथी तथा नवनिर्वाचित अध्यक्षले स्वागत गरेका थिए।


सम्बन्धित शीर्षकहरु

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

कनकाई अनलाईनसुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका…

कनकाई अनलाईनसुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार झापाको कनकाई…

प्रतिकृयाहरू