झापा,चैत्र २०।झापा गाउँपालिकामा हात्तिपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधि सेवन अभियानको सुरुवात गरिएको छ।गाउँपालिकामा पछिल्लो पटक गरिएको सर्वे असफल भएपछी पुन: औषधि सेवन अभियान थालिएको हो।
गाउँपालिकाका शरणामती स्वास्थ्य चौकी,टाघनडुब्बा स्वास्थ्य चौकी र कुमरखोद स्वास्थ्य चौकी बाट आम औषधि सेवन अभियानको विधीवत उद्घाटन गरिएको छ।गाउँपालिकाले २६ हजार गाउँबासीलाई औषधि सेवन गराउने लक्ष्य राखेको कुमरखोद स्वास्थ चौकी प्रमुख श्याम कुमार न्यौपानेले बताए।अघिल्लो पटकका औषधि सेवन अभियान प्रभावकारी नबने पछी यसपालीको अभियानमा आम गाउँबासीले प्रत्यक्षरुपमा औषधि सेवन गराउने लक्ष्य लिएको उनले जानकारी दिए।
औषधि सेवन अभियानको सुरुवात गर्नु अघि गाउँपालिका वडा,टोल बस्तीमा हात्तिपाइले रोग बारे सचेतना दिइएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए।उनले यो अभियान पालिकामा ७ दिन सम्म चल्ने जानकारी दिए।
सार्वजनिक स्थान स्कुल, कलेज, कार्यालयहरु, इटाभट्टा उद्योग, आर्मी शसस्त्र र प्रहरी क्याम्प, शहर बजारमा बस्ने मानिसहरुकोमा घरघरमै पुगेर औषधि खुवाइने कार्यक्रम रहेको फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए।
भ्mापा जिल्लामा यस अघि झापा गाउँपालिका र दमक क्षेत्रमा वढी हात्ती पाइलेका विरामीहरु देखिएकोले यस चरणको अभियानमा त्यस क्षेत्रमा प्रचार प्रसारमा विशेष ध्यान पुर्याएको चौलागाईंले बताए । यस अघि झापामा १० औ पटकसम्म अभियान चल्दा औषधिबारे नकरात्मक टिप्पनी हुने गरेकोले धेरैले औषधि सेवन नगरेका कारण झापा लगायातका १२ जिल्लामा अझैपनि यस अभियान सफल हुन नसकेको बताउँदै औषधि सेवनवारे भ्रम चिर्न नागरिक समाज, पत्रकार र जनप्रतिनिधिहरु लागिपर्नुपर्ने समेत चौलागाईंले बताए। झापामा आघिल्लो बर्ष गरिएको सर्वेमा जम्मा ५५४ जनामा हात्ती पाइलेको समस्या रहेको पाइएको जानकारी दिइएको छ ।