प्रदेश स्तरीय फुटबलको उपाधि इलामलाई


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव इलामले जितेको छ ।


बिहीवार भएको उपाधि भीडन्तमा कनकाई ११ को टिमलाई १–८ गोल अन्तरले हराउदै सयपत्रीले उपाधि रक्षा गरेको हो । उपाधिसगै सयपत्रीले नगद २५ हजार ५ सय ५५ रुपैँया हात पारेको छ । उपबिजयी हुने कनकाईले भने १५ हजार ५५५ मा चित्त बुझायो ।


स्थानीय तुलसीवारीको देवकोटा खेल मैदानमा भएको खेलमा बिजयी टिमको तर्फबाट बबिन बोहोरा र महेस राईले ह्याट्रिक पूरा गरे भने बाकी दुई गोल विवेक मगरले गरे । कनकाईका लागि एकमात्र सान्तना गोल सनम राईले गरे । प्रतियोगितामा बिजयी तथा उपबिजयी हुने टिमलाई संघिय सांसद एलपीसाँबा लिम्बु , कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राई लगायातले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको सर्बोकृष्ट खेलाडी बिजयी टिमका महेस राई बन्नुभयो । हाई स्कोरर कनकाई ११ का अर्जुन मर्डी हुनुभयो उहाँले खेलअवधिभरमा ७ गोल गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

कनकाई अनलाईनसुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका…

कनकाई अनलाईनसुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार झापाको कनकाई…

प्रतिकृयाहरू