कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय बुधवारे र धुलावारीको सयुक्त गस्ती टोलीले झापाको बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सिमाबाट बुधबार राती ६५.७४ किवि साखुको काठ सहित ४ जना पक्राउ परेका छन् ।
गोप्य सुचनाका आधारमा काठ तस्करहरु समाउन प्रहरीले सफल भएको हो । प्रहरीले राती ९ बजेको समयमा ट्याक्टरमा लोड गरेको उक्त परिमाणको काठ सहित बुद्धशान्ति ४ बस्ने बर्ष ४० को बलबहादुर लिम्बु सोही स्थान बस्ने बर्ष ३० को सुरेन लिम्बु, ३६ को सुमन लिम्बु र २३ को दिपक तामाङ्गलाई प्रक्राउ गरेको हो ।
बुद्धशान्तिबाट धुलाबारी तर्फ लादै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोजेपछी घेरा हाली प्रहरीले पक्राउ गरेको हो। निजहरूबाट एक थान मे ३प ८३७८ मोटरसाइकल र मे १त १३८३ ट्याक्टर समेत बरामद गरेको छ । वरामद काठ र पक्राउ परेका ४ जनालाईनै डिभिजन वन कार्यालय चन्द्रगढीमा पठाइएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।
पछिल्लो एक महिनामा बुद्धशान्तिबाट प्रहरीले काठ फेला पारेको यो तेश्रो पटक हो ।यसअघि कालीखोला र सुनमाईबाट ११ र ३३ किवि काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका काठ र सवारीसाधन जिल्ला वन कार्यलय पठाइएको छ ।स्थानीयले संरक्षण गर्दै आएको सामुदायिक बनवाट पटक पटक यति ठूलो परिणाममा काठको संगठित रुपमै चोरी पैठारी हुनुले संगठित रुपमै चोरी तस्करीमा ठुलो समुह रहेको अनुमान गरिएको छ ।