कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भीडन्तमा आज कनकाई ११ को टिमले पाहुना टोली इलामको सयपत्री युवा क्लव सग फाइनल खेल खेल्दैछ । कनकाई ११ अन्य खेलहरुमा गोलको बर्षा गर्दै फाइनलमा प्रवेश गरेको हो । प्राय नेपालको राष्ट्रिय क्लवमा खेल्ने सुरुङ्गेली खेलाडीहरु लिएर आएको कनकाईको टिमले हालसम्म गोल नखाइकन मोरङ्गको गोल पोष्टमा ५ गोल झापा गाउँपालिकाका सितुमारीको टिमलाई ४ गोल गरिसकेको छ । अब फाइनलमा आज इलामको सयपत्री फुटबल क्लवसग दिनको दुई बजे स्थानीय तुलसीवारीको खेल मैदानमा फाइनल खेल हुदै छ ।
इलामले सेमिफाइनलमा माइधारको केएनके स्पोटिङ्ग क्लव माइधारको चुनौती २–० गोल अन्तरले पन्साउदै आफ्नो फाइनलमा कनकाई ११ सँगको भेट पक्का गरेको हो ।प्रतियोगिता कनकाई नगरपालिका ५ नम्बर खेल विकास समितिको आयोजनामा संचालन भएको हो ।
बिजयी हुने टिमले नगद २५ हजार ५ सय ५५ रुपैँया र दोस्रो हुने टिमले १५ हजार ५५५ रुपैँया पाउने आयोजक समितिका अध्यक्ष गंगा अधिकारीले बताउँनुभयो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी