कनकाई अनलाईन
झापा जिल्लामा हात्ती पाइलेको औषधि खुवाउनका लागि १२ सय जना स्वस्थ्यकर्मी परिचालन गरिने भएको छ ।
झापा जिल्लामा १० औ चरणको हात्तीपाइले रोग निवारण कार्यक्रमको तयारीवारे बुधवार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले आगामी चैत २० गतेदेखि चैत ३१ गतेसम्म झापाका १५ ओटै पालिकामा औषधि खुवाउने कार्यक्रमको तयारी अन्तिम तयारीमा पुगिसकेको जानकारी दिनुभयो ।
यसका लागि ६ सय स्वास्थ्यकर्मी र ६ सय महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई अभियानमा लगाइने पौडेलले बताउँनुभयो । झापामा यस अभियानका क्रममा ९ लाख ३३ हजार, ७ सय ७८ जनालाई प्रत्यक्ष निगरानीमा औषधि खुवाइने कार्यक्रम रहेको समेत बताइएको छ ।
सार्वजनिक स्थान स्कुल, कलेज, कार्यालयहरु, इटाभट्टा उद्योग, आर्मी शसस्त्र र प्रहरी क्याम्प, शहर बजारमा बस्ने मानिसहरुकोमा घरघरमै पुगेर औषधि खुवाइने कार्यक्रम रहेको फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।
भ्mापा जिल्लामा यस अघि झापा गाउँपालिका र दमक क्षेत्रमा वढी हात्ती पाइलेका विरामीहरु देखिएकोले यस चरणको अभियानमा त्यस क्षेत्रमा प्रचार प्रसारमा विशेष ध्यान पुर्याएको चौम्लगाईले बताउँनुभयो । यस अघि झापामा १० औ पटकसम्म अभियान चल्दा औषधिबारे नकरात्मक टिप्पनी हुने गरेकोले धेरैले औषधि सेवन नगरेका कारण झापा लगायातका १२ जिल्लामा अझैपनि यस अभियान सफल हुन नसकेको बताउँदै औषधि सेवनवारे भ्रम चिर्न नागरिक समाज, पत्रकार र जनप्रतिनिधिहरु लागिपर्नुपर्ने समेत चम्लगाईले बताउँनुभयो । झापामा आघिल्लो बर्ष गरिएको सर्वेषणमा जम्मा ५५४ जनामा हात्ती पाइलेको समस्या रहेको पाइएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघका पूर्वअध्यक्ष कृष्ण हुमगाईँले राज्यले लिएको हात्ती पाइले रोग विरुद्धको अभियानमा सबै संचारकर्मीको साथ रहेको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले सन २०२८ सम्ममा विश्वबाटै यस रोगको उल्मुलन गर्ने लक्ष्य राखेको जनस्वास्थ्य प्रमुख पौडेलले बताउँनुभयो ।
तस्वीर ः हात्तीपाइले रोग वारे जानकारी पत्रकार सम्मेलनवाट जानकारी गराइदै फोटो ः लीलाराज खड्का ÷बिर्तामोड