Kanakai Online

लेडिजका कपडा आईटमहरु सबै एक्कै छानामुनि सुरुङ्गामा


मङ्गलवार, चैत १७, २०७७ |

कनकाई अनलाईन
महिलाहरुको सम्पुर्ण लत्ता कपडाहरुको कलेक्शन पसल अब सुरुङ्गामा खुलेको छ ।
यस क्षेत्रका युवा व्यावसायी रमेश मैनालीले सुरुङ्गा बजारमा ट्रायक्ष कलेक्सन संचालनमा ल्याउनुभएको छ । सुरुङ्गा बजार गौतम मार्केटमा संचालनमा ल्याइएको ट्रायक्ष कलेक्शनमा महिला तथा वच्चाका कपडाहरुका सबै आइटमहरु हेलसेल मुल्यमा पाइने र ग्राहकहरुले आफुले खोजेका रोजेका लेडिज आइटमका कपडाहरु नपाएक्कै कारण खरिदका लागि चारतिर भौतारिनुनपर्ने संचालक मैनालीले बताउँनुभयो । लेडिज सम्बन्धि सम्पुर्ण कपडाहरु होलसेल मुल्यमा पाइने हुदा बिर्तामोड तथा अन्य मार्केटमा चारैतीर कपडा छान्नुपर्ने झन्झटबाट अब मुक्त हुने मैनालीले बताउँनुभयो ।

सम्बन्धित खबर