कनकाई अनलाईन
पशुपतिनगर९इलाम० चैत्र १२ गते । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना ९दिपक०ले आज नागरिकता पाउनु हुनेभएको छ ।
४० वर्ष भारतको कोल्कोतामा जेल जीवन भोगेर हालै घर आईपुग्नु भएका दुर्गाप्रसाद तिम्सिना ९दिपक०ले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिने हुनु भएको हो ।
२०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिकता अहिले सम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिकता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाउन लागिएको हो ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो ९बुधबार०नै दुर्गाप्रसादको नागरिकता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको छ ।
जन्मदर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा बिवरण राखी तीन जनाको नाता प्रमाणि र नागरिकताका लागि सिफारिस पत्र तयार पारिएको दर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिनुभयो । भाई प्रकाश चन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ । भारतमा जेल बस्दा दिपक जैसी नामले चिनीए पनि उहाँको नागरिकता दुर्गाप्रसाद तिम्सिनाकै नामबाट बनाउन लागिएको छ ।
प्रदेश १ सरकारले दुर्गाप्रसादको उपचारमा लाग्ने सबै खर्च ब्यर्होने भएपछि नागरिकता समेत आवश्यक पर्ने भएकाले नेपाली नागरिकताको प्रमाण पत्र दिएर अन्य प्रक्रिया शुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘प्रदेश सरकारको निर्देशन अनुसार नागरिकता बनाएर उहान्हरुले इच्छाएको अस्पतालमा उपचारका लागि लाने तयारी छ ।’
प्रजिअ खडकाले मंगलबार नै तिम्सिनाको घरमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी गएर आवश्यक समन्वय भैसकेको जानकारी दिनुभएको छ ।
आज नागरिकता बनाए पछि तत्काल तिम्सिनालाई उपचारका लागि लगिने प्रजिअ खड्काले जानकारी दिनु भयो ।
भतिज गोपालले दुईवटा नाम भएका कारण केही समस्या हुन्छकी भन्ने आशंका रहेको बताउनुभयो । भतिज गोपालका अनुसार बिहीबार नै दुर्गाप्रसादका नाममा बैङ खाता समेत खोलीने छ । परिवारले दुर्गाप्रसादको जिविकोपार्जनका लागि केहि सहयोग जुट्ने समेत अपेक्षा रहेको जनाएको छ ।
के छ त दुर्गा प्रसादको अवस्था रु
केहि दिन अघि जेल मुक्त भई घर आउनु भएका दुर्गा प्रसाद बिस्तारै घरपरिवार आफन्त सँग घुलमिल हुँन थाल्नु भएको छ ।
घर आउँदा टोलाएर मात्र बस्ने तिम्सिना बिस्तारै बोल्ने, खुलेर आफना कुरा भन्ने जस्ता कार्य गर्न थाल्नु भएको छ । भतिज गोपालका अनुसार उहाँको धेरै समय गीत गाएर बित्छ । गोपाल भन्नुहुन्छ ‘ठूलो बुवाले गीत गाएको सुन्दा मलाईनै रुन मन लाग्छ ।’ ‘बिरक्तिएका गीत मात्र गाउनु हुन्छ ’ गोपाले भन्नुभयो ।
दुर्गा प्रसादले आफूलाई पेट दुख्ने, टाउको दुख्ने,आँखा दुख्ने, ढाड दुख्ने र दिमागमा समेत समस्या रहेको बताउनु भएको भतिज गोपालले जानकारी दिनुभयो ।
सानै उमेरमा भारतको दार्जिलिङ गएपछि सन १९८१ मा हत्या अभियोगमा उहा दार्जिलिङ जेल पर्नुभएको थियो । त्यसपछि २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता जेल लगिएको थियो ।
दीपक जैसी नामले चिनिने तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० बर्ष बस्नु भएको थियो ।
इलामको एकतप्पाबाट २०३७ सालको अन्तिमतिर कामको खोजीमा दार्जिलिङ जानु भएको थियो । सामान्य लेखपढ भएका उहाँ घरायसी गर्जो टार्नका लागि कामको खोजीमा त्यहाँ पुग्नु भएको परिवारको दावी छ ।
सन १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो । दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अरोपमा जाहेरी दिए पछि भारतीय प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ले पठाएको पत्र घरमा आएको थियो । उक्त चिठीको व्यहोराअनुसार खोजतलास प्रक्रिया शुरु भएको थियो ।