शरणामती,चैत ७।गत माघ २ गते कतारमा सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्व.पशुपती शाहका परिवारलाई त्यहा कार्यरत नेपालीहरुको आर्थिक सहयोग रकम प्रदान गरेका छन।
कतारको S.B.H कम्पनीमा कार्यरत मानबहादुर राई(सन्जय) र हरिस सिटौला लगायतको अगुवाईमा मृतक शाहका परिवारलाई आर्थिक सहयोग रकम संकलन गरिएको हो।शनिवार एक विशेष कार्यक्रमका बिच यहाँ स्थित अगुवा युवा शनित राई,मनोज ताम्ली,रुपक कार्की,सुब्रत राई,रणबहादुर राई,अन्जु थपलिया,सन्तोष पाचकोटी,पर्वत गुरुङ लगायतले शाहका परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छन।
कतारमा संकलन गरिएको २ लाख ८४ हजार ४६८ नेपाली रुपैयाँ मृतक शाहका दुई छोराहरुको नाममा शरणामती स्थित समृद्दी वहुउदेश्यीय सहकारी संस्थामा मौजाद खातामा राखिएको अगुवा युवा सनित राईले बताए।मृतक शाहका श्रीमती र दुई छोरा रहेका छन।दुई छोराको भविष्यमा शिक्षा र रहनसहनम दु:ख नपरोस भन्ने हेतुले कतारमा मृतक शाह संगै बस्ने साथीहरुले रकम संकलन गरेर पठाएको संकलक मानबहादुर राईले बताए।
झापा गाउँपालिका-३ कामाटोली निवासी शाह विगत ८ वर्ष देखि कतारमा कार्यरत थिए।पानीको ट्याङ्कर चलाउने शाहको सडक दुर्घटनामा गत माघ २ गते कतारमा निधन भएको थियो।
कतारमा कार्यरत सहयोग गर्ने दाताहरुको नामावली