कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गा देखि इलामको देउमाई नगरपालिका मंगलवारेमा देउमाई सुपर कप क्रिकेट खेल्न गएको वाईट वास क्रिकेट क्लवको टिमलाई आज विदाई गरिएको छ ।
कनकाई नगरपालिका खेल विकास समितिका अध्यक्ष रविन्द्र लम्साल, समाजसेवी एवम् राजनैतिक व्याक्तित्व श्याम ओली, कनकाई सामुयिक वन समुहका अध्यक्ष ख्याम ओली लगायातले मंगलबारे जान लागेको टिमलाई बिदाई गरेको हो ।
मंगलवारेमा हुन लागेको क्रिकेट प्रतियोगितामा सुरुङ्गाले भोली इलामको टिमसग प्रतिस्पर्धा गर्दै छ ।
सुरुङ्गाको टिम कोच रविन ढुङ्गाना र मेनेजर प्रदिप गजमेर रहनुभएको छ भने टिम क्याप्टेनमा प्रनिस बिमली रहेका छन । अन्य खेलाडीहरुमा सविन प्रसाई , बिक्रम खतिवडा, मौसम अधिकारी, सुभम उप्रेती , निर्मल नेउपाने, एलिस खड्का, किष्मत पौडेल लगायात रहेका छन ।
प्रतियोगितामा झापा र इलामका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना देउमाई नगरपालिकाले गरेको हो ।