Kanakai Online

सुकेडाँगी सामुदायिक वनमा शान्ति र लालबहादुरको अग्रता


बिहिवार, चैत ५, २०७७ |

आईपी भट्टराई
सुकेडागी सामुदायिक वन समुहको निर्वाचनमा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेद्धारी दिएकी शान्ति उपाध्यायले २२ मतले अग्रता लिनुभएको छ ।
जम्मा १ सय ३५ मत गन्दा शान्तिले ७८ मत ल्याउनु भयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमाले र कांग्रेस समर्थित कमल ढकालले जम्मा ५१ मत मात्रै ल्याउनु भएको छ ।
यसैगरि नेकपा र कांग्रेसकै प्यानलबाट उपाध्यक्षमा उम्मेद्धारी दिनुभएका तीर्थ श्रेष्ठलाई समेत बागी उम्मेद्धारी दिनुभएका लालबहादुर राईले धेरै मतले अग्रता बनाउनु भएको छ । लालबहादुरले ८८ मत ल्याउदा तीर्थले ४० मत मात्रै ल्याउनुभएको छ । जसमा ५ मत भने बदर भएको निर्वाचन आयोगका आयुक्त माधव ढकालले बताउँनुभयो ।
सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुह सुरुङ्गामा अहिले निर्वाचन सम्पन्न भएको छ । जम्मा ५४९ जना मतदातामा ४३६ जना मतदानमा सहभागि भएको निर्वाचन आयुक्त माधव ढकालले कनकाई अनलाईनलाई बताउँनुभयो । सुकेडाँगी सामुदायिक वनमा जम्मा १३ जनाले मात्रै मतदानमा सहभागि भएनन । आज बिहान ९ बजेदेखि अहिले ३ बजेसम्म भएको निर्वाचनमा पहिलो मतदान ८७ बर्षिय पदम सेलवाल र अन्तिम भोट ६० बर्षिय पुर्णबहादुर गुरुङ्गले हाल्नुभएको निर्वाचन आयोगका सदस्य श्रीप्रसाद खरेलले बताउँनुभयो ।
यस बर्षको निर्वाचनमा मुख्य दुई पद अध्यक्ष र उपाध्यक्षमा मात्रै भएको छ । बाकी पदहरुमा भने सर्बसम्मत भएको छ । यस पटक नेकपा एमाले, कांग्रेसको तर्फबाट कमल ढकाल र माओवादी केन्द्रको तर्फबाट शान्ति उपाध्याय चुनावी भीडन्तमा रहनुभएको छ । सुकेडाँगीको निर्वाचनको मत परिमाणले कनकाई सामुदायिक वन लगायात अन्य क्षेत्रको निर्वाचनमा समेत असर गर्ने भएकोले यस निर्वाचनलाई सबैले चासोका रुपमा हेरिएको छ । यता उपाध्यक्षमा समेत लालबहादुर राई र तीर्थ श्रेष्ठले प्रतिस्पर्धामा रहनुभएको छ ।
यसअघि सचिवमा गोमादेवि बोहोरा –निरौला ) सहसचिवमा खिलनाथ गुरागाई र कोषाध्यक्ष पत्रकार आईपी भट्टराई सर्बसम्मत हुनुभएको छ ।

सम्बन्धित खबर