Kanakai Online

गाउँकै स्वास्थ्य चौकीमा “ल्याव”


मङ्गलवार, चैत ३, २०७७ |

कामाटोली,चैत ३।झापा गाउँपालिका क्षेत्रमा बस्ने अधिकांश नागरीकहरुले ‘ल्याव’ सेवा नहुँदा वर्षौदेखि समस्या भोग्दै आएका थिए। ल्याव परीक्षणका लागि स्थानीयवासी कनकाई नगरपालिका तथा जिल्लाका अन्य अस्पतालमा पुग्नुपर्ने बाध्यता थियो।

तर, गाउँपालिकाले मंगलबारदेखि पालिकाको केन्द्रमा संचालित टाघनडुब्बा स्वास्थ्यचौकीबाट प्रयोगशाला सहितको सेवा सुचारु गरेपछि स्थानीय हौसिएका छन्। वर्षौदेखिको उनीहरुको माग पुरा भएको छ। ‘पहिलो दिनमै रगत जाँच गराए’झापा गाउँपालिका–३ का स्थानीय टीका बिश्वकर्माले भने,‘व्यस्तताले घर छाडेर बाहिर जान नसकिने। घर अगाडिकै स्वास्थ्यचौकीबाट सुगर जाच्न पाइने भयो।’ आफूजस्तै गाउँका सयौँ रोगी सेवाबाट लाभान्वित भएको उनले सुनाए।

झापा गाउँपालिकाभित्र पर्ने ७ वटै वार्डका मानिसहरुले ल्यावको सेवाबाट प्रत्यक्ष लाभ लिनेछन्।मंगलवारदेखि सेवाको थालनी गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी गराए। ‘कतिपय दुर्गम गाउँका सेवाग्राहीलाई ल्यावको सेवा नहुँदा बढी खर्च गरेर बाहिर जानुपर्ने बाध्यता थियो’,उनले भने,‘नागरिकहरुको मागलाई ध्यानमा राखेर काम थालेउ,अब चैत भित्रमै शरणामती स्वास्थ्य चौकी र कुमरखोद स्वास्थ्य चौकीमा समेत ल्याब संचालन गर्छौ।’
झापा गाउँपालिकामा ल्याब नहुदा यहाँका गाउँबासीलाई अती असहज थियो अब धेरै सहज हुने विश्वास लिएका छौ गाउँपालिका उपाध्यक्ष कुन्ती देबी बुढाथोकीले भनिन`निरन्तर हामी बिकासको फड्को मारिरहेका छौ।`

दिसा÷पिसाव, रगत, खकार, सुगर, यूरिक एसिड, जण्डिस, एचआइभी, हेपटाइटिस लगायत २३ थरीको ल्यावबाट जाँच गर्न सकिने सुविधा रहेको स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले जानकारी गराए। ‘जिल्ला अस्पतालबाट हुने सेवा गाउँपालिकाको केन्द्रबाटै दिइने गरी अघि बढेका छौँ’,उनले भने,‘दुर्गमका कतिपय सर्वसाधरणले ल्याव परिक्षण गर्दैनन् थिए,अब सुबिधा हुने भएको छ।
प्रयोगशालाबिना कुनैपनि रोगको उपचार गर्न संभव नरहेको गाउँपालिका स्वास्थ्य साखा प्रमुख लक्ष्यमण विश्वकर्माले जानकारी दिए। ‘चिकित्सकले व्यक्तिको आँखा, अनुहार हेरेर औषधि दिन मिल्दैन’,उनी भन्छन्,‘ल्यावको रिर्पोटका आधारमा मात्र चिकित्सकले थप उपचार अघि बढाउने हुन्।’

जिल्लाका दुर्गम क्षेत्रका नागरिकहरुले ल्याव परिक्षणबिनानै औषधि प्रयोग गर्ने गरेको उनले अनुभव सुनाए। ‘वर्षौदेखिको रोग ल्याव परीक्षणपछि निको हुने गरेको पाइएको छ’,बिश्वकर्माले भने,‘सरकारले स्वास्थ्यचौकीमा ल्याव सेवा दिएपछी स्थानीय तहलाई सेवा सुचारु गर्न सहज भएको छ।’

सम्बन्धित खबर