Kanakai Online

कनकाईका २१९ परिवारलाई आफ्नै घर


मङ्गलवार, चैत ३, २०७७ |

कनकाई अनलाईन
कनकाई नगरपालिका, ह्याबिट्याट नेपाल र सहारा नेपालको आयोजनामा कनकाई नगरपालिकाका २१९ बिपन्न घरपरिवारलाई ३ बर्षभित्रमा घर बितरण गरिएको छ ।
विशेष कार्यक्रमका बिच मंगलवार कनकाई नगरपालिका ४ नम्बरको मुुसहर बस्तीमा बनेका १४ घर ह्यावीट्याटकी नेपाल प्रमुख क्रस्टि स्टिक्नी, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, जिल्ला प्रशासन कार्यालयका प्रमुख श्रवणकुमार तिम्सिना लगायातले हस्तानतरण गर्नुभयो ।


कार्यक्रममा बोल्दै कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले ३ बर्षभित्र २१९ गरिब परिवारलाई घर बनाएर वितरण गरिसकिएको र अर्को आर्थिक बर्षभित्रै कनकाई नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाका रुपमा घोषणा गरिने बताउँनुभयो । पोखरेलले यसै आर्थिक बर्षमा समेत अन्य दातृ निकायसग साझेदारी गर्नका लागि २ करोड रुपैँया बिनियोजन गरिसकिएको बताउँनुभयो । नगरप्रमुख पोखरेलले आफुले अर्को बर्ष अन्य विकासको बजेट कटौटी गरेर भएपनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवास मुक्त नगर घोषणा गर्ने बताउँनुभयो । यस अघि कनकाई नगरपालिका देशकै पहिलो बिद्युत चुहावट मुक्त नगर समेत घोषणा भएको थियो भने अब केहि महिनामै देशकै पहिला े सुकुम्बासी तथा अव्यवस्थित बसोबास नभएको नगर समेत घोषणाको तयारीमा कनकाई रहेको छ ।
कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सरकारले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको संविधानको मौलिक हकका रुपमा समेत प्रत्येक नेपालीलाई आवाशको हक हुने उल्लेख भएको बताउँनुभयो ।
कार्यक्रममा साझेदारी संस्थाका रुपमा रहेको सहारा नेपालका कार्याकारी निर्देशक महेन्द्रकुमार गिरीले झापामा कनकाई, बाह्रदशी, झापा गाउँपालिका, बिर्तामोड, गौरीगंञ्ज सहित प्रदेश एकमा हालसम्म १८ सय वढी विपन्नलाई स्थानीय सरकारसगको साझेदारीमा घर निर्माण गरि बितरण गरिसकिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष तथा नगर प्रवक्ता गोबिन्दप्रसाद पौड्यालले निर्वाचनका बेला जनप्रतिनिधिले बोलेका कुराहरु धेरै पुरा गरेको भन्दै २१९ घर निर्माण कनकाईमा हुनु निक्कै राम्रो प्रगति भएको र बाकीघरहरु समेत निर्माण गर्दै लैजाने बताउँनुभयो । घर निर्माणका साझेदारी संस्था ह्यावीटयाट नेपालका कार्यक्रम निर्देशक युवम मल्लले घर निर्माणपछि आवश्यक मर्मत संम्भारका लागि घरमुलिलाई अनुरोध गर्नुभयो । मल्लले अन्य पालिका भन्दा गरिब परिवारको घर निर्माणका लागि कनकाई नगरपालिका थप संवेदनशील भएर लागेको बताउँनुभयो । उहाँले कनकाईका अन्य गरिव परिवारको घर निर्माणका लागि समेत हातेमालो गर्न तयार भएको बताउँनुभयो ।
घर निर्माणपछि बर्षेनी छानो छाउने दुख्खबाट मुक्ति पाइएको घर हस्तानतरण पछि स्थानीय हरि ऋषिदेबले बताउँनुभयो ।
३ बर्षपहिले झापामा बाढीले वितण्डा मच्चाएको बर्षदेखि यस प्रकारकार घरहरु निर्माण हुदै आएको छ भने कनकाई नगरपालिकामा समेत स्थानीय सरकार गठन पछि मेयर आवाश कार्यक्रम अन्र्तगत घरहरु निर्माण गरिदै आएको छ ।
कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले स्वागत गर्नुभएको थियो भने स्वागत उपप्रमुख मन्जु प्रसाईले गर्नुभएको थियो ।

सम्बन्धित खबर