कामाटोली,चैत १।झापा गाउँपालिका-३ का ९२ वर्षीय तारानिधी तिवारीले नजिकैको टाघनडुब्बा स्वास्थ्य चौकीमा संचालन गरिएको अस्थायी खोप केन्द्रबाट कोभिड-१९ विरुद्को खोप लगाएका छन।उनी भारतबाट ल्याइएको कोभीसिल्ड खोप लगाउने झापा गाउँपालिकाकै जेष्ठ व्याक्ती हुन।
सुगर,प्रेसर र दम जस्ता रोगबाट ग्रसित तिवारीले कोरोना विरुद्को खोप लगाएर आफू कोरोनाबाट सुरक्षित भएको बताए।यता झापा गाउँपालिका स्वास्थ्य साखा अधिकृत प्रेम न्यौपानेले दिर्घ रोगीलाई समेत खोपले केही असर नगर्ने बताउछन।त्यस्तै टाघनडुब्बा स्वास्थ्य चौकीबाट खोप कार्यक्रम उद्घाटन गरेका तिवारी संगै ४३ जना ६५ वर्ष माथीका जेष्ठ नागरिकले खोप लगाएको न्यौपानेले बताए।
यता शरणामती र कुमरखोद अस्थायी खोप केन्द्रबाट ६८ जना र ३७ जनाले कोरोना विरुद्धको खोप लगाएको कोभिड-१९ फोकल पर्सन बाबुराम निरौलाले जानकारी दिएका छन।
आज आइतबार झापा गाउँपालिकामा कुल १४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन।चैत १ गते देखि ३ गते सम्मको तेस्रो चरणको खोप कार्यक्रममा ६५ वर्ष माथीका मानिसहरु र पहिलेको चरणमा छुटेका मानिसलाई कोरोना विरुद्घको खोप लगाइने कार्यक्रम रहेको बताइएको छ।