कनकाई अनलाईन
राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार साँझ बिर्तामोडमा सम्पन्न खेलकुद पत्रकार झापाद्धारा आयोजित‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
उनीहरुलाई २०७६ सालमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले बर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो ।
फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गर्नुभएको छ । फुटबलर अनन्तले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पार्दै बर्ष उत्कृष्ट खेलाडी बन्नुभएको हो यस विधामा अनन्त यसघि पनि लगातार मनोनयनमा पर्दै आउनुभएको थियो । अनन्तको अनुपस्थितमा उहाँको उपाधि दाजु फुर्वा तामाङ्गले लिनुभएको थियो ।
अवार्डको महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित हुदै उसु खेलाडी इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गर्नुभयो । राईले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पार्नुभयो । यस्तै बर्ष उत्कृष्ट खेलाडी (युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित हुनुभयो । उहाँले नगद २५ हजार र अवार्ड प्राप्त गनुभयो । झापाका रेजिनले मनोनयनमा पर्नुभएकी कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्नुभयो ।
त्यस्तै बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले पाउनुभयो उप्रेतीले पनि नगद २५ हजार र अवार्ड प्राप्त गर्नुभयो उहाँले उप्रेतीले मनोनयनमा पर्नुभएका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पानुभयो । यस्तै पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले जित्नुभयो उहाँले पनि नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कु“वरलाई प्रदान गरियो । उहाँलाई नगद ३५ हजार र अवार्ड प्राप्त गर्नुभयो ।
त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारिरीक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उहाँहरुलाई जनही नगद २५ हजार र अवार्ड प्राप्त गर्नुभयो । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।