Kanakai Online

ईजरायलको सीप गाउँमा लगाउदै युवा


शुक्रवार, फागुन २८, २०७७ |

लीलाराज झापाली
एक बर्षसम्म इजरायलमा बसेर सीकेको ज्ञान सीपलाई आधार मानेर यहाँका एक कृषकले गाउँमै केरा खेती सुरु गरेका छन ।
झापा गाउँपालिकाका ३५ बर्षिय कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलबाट फर्केलगत्तै गाउँमै आफ्नो डेढ बिगाह र अरुको २० बिगाह जमिन भाडामा लिएर सुरु गरेको व्यावसायीक केरा खेतीले उत्पादन दिन सुरु गरेको छ ।
आफुले विदेशमा रहदा बस्दा बस्नेतले त्यहाँ सीप मात्रै ल्याएनन केहि नगद र त्यहा उत्पादन हुने केहि उन्नत जातका केराका बिउ समेत ल्याउनुभयो । विदेशबाट नेपाल आउनसाथ धेरै युवा साथीभाई जम्मा गरेर पार्टी खुवाउन र घुमघाममै व्यस्त हुने परम्परा छाडेर बस्नेत भने आफ्नो डेढ बिगाह जमिनमा ल्याएका केराका बिउबाट बेर्ना बनाएर धमाधम रोप्न थाल्नुभयो ।
गाउँमा समेत केराका बेर्ना दिएर खेतीका लागि अन्य युवालाई प्रोत्साहित गर्नु भएको थियो ।
युवालाई प्रोत्साहित गर्नेक्रममा युवा बस्नेतल गाउँमै मल बिउ, बिजनको पसल र कृषक स्मार्ट कार्ड समेतको सुरुवात गर्ने गाउँकै पहिलो अगुवा कृषक समेत बस्नेत बन्नुभएको छ ।
बस्नेतले गाउँमा खोलेको एग्री सेन्टर झापामा मल, बिउ आएको सुचना किसानले एप्प मार्फत मोवाइलबाटै थाहा पाउँछन र तोकिएको समयमा मल बिउ लिन आउनेगरेका छन । प्रविधिको प्रयोगबाट कृषकको समयको समेत बचत भएको छ ।
कृषक बस्नेतले जिल्लामै पहिलोपटक आफ्नो उत्पादनलाई ब्राण्डिङ्ग गरेर बजारमा लैजाने तयारी समेत गर्नुभएको छ । झापाली बनाना लोगो अंकित स्ट्रीगर लगाएर झापा, मोरङ्ग, सुनसरी हुदै काठमाण्डौसम्म आफुले उत्पादन गरेको केरा बजारमा लैजाने बस्नेतको योजना छ । बस्नेतले खोला बगरको काम नलाग्ने काँसघारीमा समेत मालबुक, विदेशी जात विलियाम र स्थानीय जातको कुकुर्टे जातका केरा रोपेका छन । यसबाट खेर गएको खेतको सदुपयोग हुने र गाउँकै स्थानीयलाई समेत रोजगारी प्राप्त हुने कृषक बस्नेतको भनाई छ ।
कृषक बस्नेतको कामलाई हेरेर झापास्थित कृषि ज्ञान केन्द्रबाट केरा संकलन केन्द्र स्थापनाका लागि ८ लाख रुपैँया समेत अनुदान प्रदान गरेको छ ।
अबको ६ महिनापछि हरेक दिन कम्तीमा ३ सय घरी केरा उत्पादन गर्ने कृषक बस्नेतको लक्ष्य छ । कुनै कारणवश केरा नविकेपछि केराका अन्य उत्पादन चिप्स, अचार लगायातका परिकार बनाएर बजारमा लैजाने कृषक बस्नेतको भनाई छ ।

सम्बन्धित खबर