Kanakai Online

कांग्रेस एमाले शक्ता समिकरण हुदैन कोइराला


बुधवार, फागुन २६, २०७७ |

कनकाई अनलाईन
नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस एमालेसग सहकार्य गरेर सरकारमा नजाने बताउँनुभएको छ ।
आज बिर्तामोडमा प्रेस युनियानद्धारा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सर्वोच्च अदालतको दोस्रो फैसलापछि देश झन् अन्योलतातर्फ गएको बताउनुभयो ।

संविधान समाप्त पार्ने खेलमा लागेका कारण एमालेसँग सहकार्य गरेर काङ्ग्रेस सरकारमा जान नसक्ने नेता कोइरालाले भनाई छ । ‘संसद पुनस्थापनापछि संविधान त बाँच्यो तर संसद चल्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमा नेता कोइरालाले भन्नुभयो , ‘अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन् ।’

नेता कोइरालाले कांग्रेसका अबका गतिविधि र कार्यक्रम चुनाव मुखी हुनुपर्ने बताउँदै त्यही अनुसारको तयारी गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेल पनि झापालीले गरेको भन्दै नेता कोइरालाले केपी ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै सत्तामा ओलीको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।

काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाले १४ औं महाधिवेशनको सिलसिलामा आफू जिल्ला दौडाहामा आएको बताउँदै आफू सभापतिको दाबेदार रहेको बताउनुभयो । नेपाली काङग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै कोइरालाले सिटौलासग छुट्टै कुरा गर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिलेको राजनीतिक संकट मोचनको दायित्व काङ्ग्रेसको काँधमा आएको बताउनुभयो । घिमिरेले केपी ओली नेतृत्वको सरकारले अहिले सम्मका राजनीतिक उपलब्धि समाप्त पार्ने नियत राखेको बताउँनुभयो ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले काङ्ग्रेस अहिले पनि अलमलमा रहेको बताउनुभयो । दर्शक दीर्घामा बसेर काङ्ग्रेसले गोल हान्न खोजेको भन्दै मैदानमा उत्रिन नसक्नु कमजोरी भएको नेता गुरुङले भनाई थियो ।
पत्रकार सम्मेलन प्रेस युनियान झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापा लगायातको सहभागिता थियो ।

सम्बन्धित खबर