कनकाई अनलाईन
१११ औ अन्तराष्ट्रिय नारी दिवशको अवशरमा झापाको कनकाई नगरपालिका ३ झर्नावस्तीमा महिलाहरुका लागि सुरक्षित बैदेशिक रोजगार परियोजनाद्धारा यौन तथा स्वास्थ्य सम्बन्धि एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ ।
कारितास नेपाल आयोजना र कारितास जापानको आर्थिक सहयोग सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको संयोजन तथा कनकाई नगरपालिकाको समन्वयमा भएको तालिमममा परिवार नियोजन ं संघ झापाकी प्रमुख सुजन काफ्लेले सहजीकरण गर्नुभएको थियो । तालिममा यस क्षेत्रका ४० जना महिलाको सहभागिता रहेको थियो । तालिममा महिलाहरुमा महिनावारी गडवढी लगायातका पाठेघरको क्यान्सर लगायातका समस्याका र उपचारका लागि काफ्लेले सहजीकरण गर्नुभएको थियो ।
तालिममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले महिलाले आफुमा आइपरेका समस्याहरुलाई लुकाएर नराख्न सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ सामाजिक परिचालक विवेश शिवाकोटी, सामाजिक परिचाालक होम प्रसाद भट्टराई, सामुदायिक सिकाई केन्द्र कनकाकईका अध्यक्ष राजकुमार कट्टेल, शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा प्रसाई पाठक लगायातले महिलाले भोग्नु परिरहेका स्वास्थ्य समस्या र यसको उपचारका लागि महिला र स्थानीय संघ संस्थाले खेल्नुपर्ने भुमिकाका वारेमा बोल्नुभएको थियो ।
कारितास नेपाल र कनकाई नगरपालिकाबाट संचालित सुरक्षित बैदेशिक रोजगार परियोजना मार्फत कनकाईको ३,४ र ८ नम्बर बार्डमा युवालाई स्वदेशमै स्वरोजगारको श्रृजना तथा सुरक्षित वैदेशिक रोजगारीको लागि काम गर्दै आइरहेको छ ।