कनकाई अनलाईन
अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर झापाको कनकाई नगरपालिका सुरुङ्गामा संचालित छैठौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई नगरपालिकाको महिला फुटबल टिमले हात पारेको छ ।
आज भएको फाइनल खेलमा पारिजात महिला फुटबल क्लवलाई १ – ० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो ।
उपाधि सगै कनकाई महिला फुटबल क्लवले ६५ हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ । उपबिजयी हुने पारिजात महिला फुटबल क्लव अर्जुनधाराले ४० हजार रुपैँया प्राप्त गरेको खेल संयोजक गोविन्द सुवेदीले बताउँनुभयो । प्रतियोगितामा एक मात्र बिजयी गोल पहिलो हाफको इन्जुरी समयमा नेहा चौधरीले गर्नुभयो । उहाँले जुनताराकी गोल किपर अगाडि वढेको मौकाको फाइदा उठाउनुभयो । कनकाईले पाएका करिव आधा दर्जन गोलको अवशरलाई सदुपयोग गर्न नसक्दा थप गोल सङ्ख्या थप्न सकेन । आजको खेलको नायक बन्नुभएकी नेहा चौधरी खेलको ओमन अफ द म्याच समेत हुनुभयो । आयोजक टिमकै सरिता सेर्पा सर्वोकृष्ट खेलाडी हुनुभयो ।
बिजयी तथा उपबिजयी खेलाडीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई २ का वडाअध्यक्ष परशुराम गिरी, ८ का वडाअध्यक्ष प्रेम कटुवाल, लगायातले ट्रफि तथा मेडल प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिताको आयोजना कनकाई खेलकुद प्रतिष्ठानले गरेको हो । भने आर्थिक सहयोग कनकाई नगरपालिकाले गरेको हो ।
फोटो ः उपाधिका साथ कनकाई खेलकुद प्रतिष्ठानका बिजेता खेलाडीहरु र सर्बोकृष्ट बनेकी खेलाडीहरु नेहा चौधरी र सरिता सेर्पा ः तस्वीर लीलाराज झापाली