Kanakai Online

सुरुङ्गामा अर्को पर्यटकिय गन्तव्य थपिदै पर्यटनमन्त्रीद्धारा अनुगमन


मङ्गलवार, फागुन १८, २०७७ |

लीलााराज झापाली

नेपाल सरकारका सस्कृति पर्याटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकालले झापाको सुरुङ्गामा बन्न लागेको कनकाई सामुदायिक वनस्पति उद्यान तथा विज्ञान पार्कको स्थलगत अनुगमन गर्नुभएको छ ।


आज मन्त्री ढकालले कनकाईका अन्य पर्यटकिय क्षेत्रहरु भीमसेनथान, धनुषकोटी लगायात सहित कनकाई सामुदायिक वन क्षेत्रमा बन्न लागेको साइनस पार्कको समेत अनुगमन गर्नुभएको हो । सो अवशरमा मन्त्री ढकालले थप सल्लाह समेत दिनुभएको थियो । अनुगमन अघि कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेश नम्बर एक अन्य क्षेत्र भन्दा धार्मिक तथा पर्यापर्यटनको क्षेत्रमा उर्बर भुमि भएपनि आवश्यक प्रचार प्रसार नहुदा पछाडि परेको बताउँनुभएको छ ।


कनकाई नगरपालिकाको कनकाई सामुदायिक वन समुहभित्र बन्न लागेको साइन्स पार्कको स्थलगत अनुमगन तथा आवश्यकीय परामर्श कार्यक्रममा बोल्दै मन्त्री ढकालले हामीसग भएका प्राकृतिक पर्यटकिय क्षेत्र जंगल, जमिन जलाधार र बन्यजन्तुहरुको बासस्थानलाई उचित संरक्षण सहित सदुपयोग गर्न नसकेको बताउँनुभयो । हामीलाई पुर्खाले र प्राकृतिले दिएको धेरै चिजहरु छन तर सदुपयोग गर्न सकिरहेका छैनौ र पर्यटकिय क्षेत्रमा हामी पूर्वाञ्चलवाशी धेरै पछाडि छौ मन्त्री ढकालले भन्नुभयो ।


नेकपा नेता समेत रहनुभएका मन्त्री ढकालले नेपालमा स्थिरताको नारा लगाएर कम्युनिष्ट पार्टीको बहुमत ल्याएपनि त्यो सुखद हुन नसकेको बताउनुभयो । नेपालको इतिहासमा बहुमतको खेल कहिल्यै सफल बन्न नसकेको बताउँदै २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि तत्कालिन समयमा विपिलाई कि पार्टी सभापति छाड कि सरकार छोड भनेर आफ्नै दलले अप्ठ्यारोमा पार्दा त्यो वेलाको व्यवस्थानै कोल्याप्स भएको भन्दै सोहि मुद्धा हाल कम्युनिष्ट सरकारमा समेत दोहोरिएको बताउँनुभयो । राणाशासनको अन्त्यपछि ढुक्कले ५ बर्ष सरकार चलाउने परिपार्टीमा देश कहिल्यै नगएको भन्दै जनताले जनादेश दिएपनि पार्टीभित्रका नेताको मति नसुध्रिएका कारण सरकारले गतिका साथ काम गर्न नपाएको मन्त्री ढकालले बताउँनुभयो ।
कार्यक्रममा संघिय सांसद एलपी साँबा लिम्बुले कनकाई नगरपालिकामा बन्न लागेको साइन्स पार्कले शैक्षिक र मनोरञ्जनात्मक पर्यटनलाई प्रवद्धन गर्ने बताउँनुभयो । सांसद साँबाले साइन्स पार्क पर्यटनको क्षेत्रमा देशकै नौलो र सबैको आकर्षणको केन्द्र बन्ने बताउँनुभयो । ६ करोड ९० लाखको लागतमा ३ बर्षभित्र यस क्षेत्रमा पार्क निर्माण भइछाडने साँबाले बताउँनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरक्षेत्रभित्र धार्मिक , प्राकृतिक र शैक्षिक पर्यटकिय क्षेत्रहरु थुप्रै रहेको जानकारी दिनुभयो ।
यस क्षेत्र देशकै बन्द निषेधित नगरि पनि भएकोले पर्यटनको सम्भावना धेरै रहेको पोखरेलले जानकारी दिनुभयो । यस क्षेत्रमा माइवेनी मेला लाग्ने धनुषकोटी धाम , कोटीहोम , जामुनवारी सिमसारजस्ता दर्जन धार्मिक तथा पर्यटकिय क्षेत्र भएको जानकारी दिदै नगरप्रमुख पोखरेलले बन्ने साइन्स पार्कले समेत विद्यार्थीका लागि थप सिकाई केन्द्र र पर्यटकका लागि नयाँ गन्तव्य बन्ने बताउनुभयो ।
कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार न्यौपानेले संचालन गर्नुभएको थियो भने स्वागत कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले गर्नुभएको थियो ।
वैज्ञानिक वनस्पति उद्यान सहित ३ बर्षभित्र बन्न लागेको यस साइन्स पार्कका लागि स्थानीय सरकारबाट २ करोड ४१ लख ५० हजार र सास्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट ४ करोड ४८ लाख ५० हजार रुपैँया अनुदान सहित कुल ६ करा्ेड ९० लाखमा उक्त पार्क बन्ने कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताउँनुभयो । साइन्स पार्कमा वैज्ञानिक वनस्पति उद्यान, पदमार्ग, फुलविरुवा, वैज्ञानिक अवलोकन केन्द्र, वैज्ञानिक कार्निभल केन्द्र, वैज्ञानिक खोज अनुसन्धान केन्द्रहरु रहने पार्कका डिजाइनर समेत रहनुभएका राजकुमार कट्टेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर