मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने भएको छ।फाइनलमा जलथल एफसी र ब्रदर्स युनाइटेड चन्द्रगढी बिच प्रतिषपर्धा हुने भएको हो।
स्थानिय जनकल्याण मावि मदरगाछको खेल मैदानमा दिउँसो २ बजे देखि सुरु हुने प्रतियोगिताको आज अन्तिम दिन झापा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी बिच आयोजकको रोमाञ्चक प्रतिषपर्धा समेत हुने क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिनुभयो।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।