मदरगाछ,फागुन १७।झापा गाउँपालिका-७ बस्ने मंगल बेस्रा अन्यायमा परेको भन्दै पिडित पक्षले झापा गाउँपालिका-७ को वडाकार्यालय घेराउ गरेका छन।सोमबार वडा कार्यालय घेराउ गर्दै उचित न्याय गर्न पिडित पक्षले माग गरेका हुन।
स्थानियका अनुसार घटनाको नालीबेली
घटना २०७७ साल यही फागुन ६ गते दिउँसोको हो।स्थानिय झापा गाउँपालिका-७ टप्पु निवासी मंगल बेस्रा कामको शिलशिलामा घर बाहिर गएका थिए।आँफु घर बाहिर गएको मौका छोपी स्थानिय अन्दाजी २५ वर्षीय राजु बुढाथोकि र बेस्राकी श्रीमती अनैतिक सबन्धमा रहेको बेस्राले बताए।उनका अनुसार जब उनी घर आए तब बुढाथोकी र श्रीमती रासलिलाको चरम आनन्दमा रहेका थिए।”म घर आउँदा दुबैको शरिरमा कपडा नै थिएन,मलाई के गरुम कसो गरुम भयो,नजिकै रहेको चुलेसीले पहिले श्रीमतीलाई प्रहार गरे,श्रीमतीलाई प्रहार गरेपछी बुढाथोकीले रोक्ने प्रयास गरे त्यसपछी आबेगमा बुढाथोकीलाई नी प्रहार गरे श्रीमती भागी”उनले भने।घाइते भएका दुई त्यसपछी भागेको बेस्राले बताए।
त्यसपछी स्थानियद्वारा घाइते उपचारका लागि अस्पताल पठाइयो भने बेस्रालाई नजिकैको शरणामती प्रहरी चौकीले नियन्त्रणमा लियो।घाइतेको सकुलता पछी नियन्त्रणमा लिइएका बेस्रा छुटे।स्थानियका अनुसार श्रीमतीलाई माइती पक्षको निगरानीमा राखियो भने श्रीमतीका कथित प्रेमी बुढाथोकी उपचार पछी फरार भए।
समाजमा बिकृती फैलन नदिन अनैतिक सबन्ध राख्ने दुबैलाई कानुनी सजाय पाउनु पर्ने स्थानियले माग गरेका छन।६ गते भएको घटनालाई पिछडिएको जातीमा परेकाले अहिले सम्म ढाकछोप गरि राखेको स्थानियले आरोप लगाएका छन।घटनाका दोसी बुढाथोकीलाई २४ घण्टा भित्र नियन्त्रणमा लिई बेस्राकी श्रीमती र बुढाथोकी दुबैलाई आवश्यक कारबाही गर्न समेत स्थानियले जोडदार माग गरेका छन।यता बेस्राले आफुले बिहे गर्दा लागेको खर्च सहित हुर्किदै गरेको ४ वर्षे बालक आफ्नो हुनेपर्ने र आफू श्रीमती संग बस्न नसक्ने अडान लिएका छन।
यता प्रहरीले आवश्यक अनुशन्धान जारी राखेको बताएको छ।घटनाका शिलशिललाई सुष्म अध्ययन गर्दै अनुशन्धान जारी रहेको प्रहरीले बताएको छ।
न्यायीक समितिको निर्णय पछी आक्रोसित पिडित पक्ष।
यता पिडित पक्ष र स्थानियले वडा कार्यालय घेराउ गरेपछी दोषी भनिएका राजु बुढाथोकी फरार रहेकाले उनका बुबा,बेस्रा श्रीमतीका माइती पक्ष र जनप्रतिनिधी,वडा न्यायीक समिती र प्रहरी सहितको भेलाले बेस्राकी श्रीमतीलाई जबरजस्ती बलत्कार गरि फरार रहेका बुढाथोकीलाई कारबाही गर्ने सहितको निर्णय भए पछी घटनाका दोषी बेस्रा कि श्रीमती र बुढाथोकी दुबै भएकाले दुबैलाई सजाय हुनु पर्ने भन्दै स्थानियको भिड आक्रोशीत बनेको छ।दुबै जनाको मिलेमतोमा सबन्ध भएको,सबन्धला अडियो भिडियो रेकर्ड समेत रहेको भन्दै वास्तविक पिडित मंगल बेस्रालाई न्याय गर्न स्थानियले माग गरेका छ।यता माइती पक्षले भने आफ्नी छोरी निर्दोस रहेको दावी गरेका छन।
स्थानियको आक्रोश पछी उक्त निर्णय बदर गर्दै भेलाले बुढाथोकीलाई आउँदो बुधबार अनिवार्य उपस्थित गराई आवश्यक कारबाही चलाउने निर्णय गरेको छ।