Kanakai Online

बाह्रदशीका सात ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान


आइतवार, फागुन १६, २०७७ |

बिर्तामोड , फागुन १६ । बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानको आयोजनामा  सात ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान गरिएको छ ।

बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाका सातवटै वडाका ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान गरिएको हो ।यसरी सम्मानित हुनेहरुमा प्रजापति –मित्रुविन्दा निरौला, मधुराम पनेरु दम्पत्ति, टिकालाल राजवंशी दम्पत्ति, हाजीजैनुद्धिन दम्पत्ति, खलाराम गणेश दम्पत्ति, महेन्द्र रजक दम्पत्ति,हरीकेशर तामाङ दम्पत्ति रहेका छन् ।

त्यस्तै अन्तर मावि कविता वाचन प्रतियोगितामा दिपजन अंग्रेजी मावि प्रथम, लिटल स्टार मावि दोस्रो र ज्ञानज्योति मावि तेस्रो भएको थियो । प्रतियोगिताको निर्णायकमा धर्मानन्द निरौला, टेकनारायण राजवंशी र झमक तिम्सिना रहेका थिए ।सोही कार्यक्रममा फागुन २० गतेदेखि मेची–महाकाली साइकल यात्रामा निस्किन लागेका अभिषेक धमला झापाली कान्छा र आकाश क्षेत्रीलाई दोसल्ला ओडाएर नगदसहित यात्रा सफलताको कामना गरिएको थियो ।कर्यक्रममा संविधान सभा सदस्य हरिबहादुर राजवंशी, संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वनाथसिंह राजवंशीलगायतले बोलेका थिए ।प्रतिष्ठानका उपाध्यक्ष सन्तोष सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सुपेन राजवंशीले गरेका थिए ।

सम्बन्धित खबर