केशब चापागाईं,मदरगाछ,फागुन १६। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ ।
आज (आइतबार) भएको खेलमा ब्रदर्सले रेड स्टार बिर्तामोडलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दुबै टिमबाट निर्धारित समयमा गोलरहित बराबरी भएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो।टाइब्रेकरमा धकेलिएको प्रतियोगितामा चन्द्रगढीले ४-२ को गोलान्तरले रेड स्टार संग जित हासिल गरेको छ।यो संगै ब्रदर्स युनाइटेड र जलथल एफसीको फाइनल खेलमा भेट हुने पक्का भएको छ।
आज भएको खेलको म्यान अफ दी म्याच ब्रदर्स युनाइटेडका गोल किपर आमस टुडु भएका छन । उनले नगद सहित ट्रफी र प्रमाण पत्र पाए ।आउँदो मंगलबार सम्पन्न हुने फाइनल खेलमा झापा गाउँपालिका जनप्रतिनिधी र कर्मचारी संग आयोजकको रोमान्चक प्रतिषपर्धा संगै अध्यक्ष कपका फाइनल प्रतिषप्रधी ब्रदर्स युनाइटेड र जलथल एफसी बिच प्रतिषपर्धा हुने क्लबका अध्यक्ष डिल्लीराम चुडाले बताए ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।


