कनकाई अनलाईन
कारितास नेपाल र इलाका प्रहरी कार्यालय सुरुङ्गाको सयुक्त आयोजना तथा कनकाई नगरपालिका र कनकाई नगरपालिका नगर प्याब्सनको समन्वयमा कनकाई नगरपालिकाभरका १४ संस्थागत विद्यालयका १५ सय विद्यार्थीलाई केरियार काउन्सिल सम्बन्धि तालिम प्रदान गरिएको छ ।
कनकाई नगरपालिकास्थित देवकोटा एजुकेशनमा सुरु भई कनकाईका विभिन्न १४ विद्यालयमा संचालन गरि बुधवार कनकाई नगरपालिका ८ स्थित पाथिभरा एकेडेमीमा सम्पन्न भएको हो ।
तालिम समापनमा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले विद्यार्थीहरुमा पठनसीपको मात्रै वृद्धिले नहुने भन्दै सभ्य समाज निर्माणमा विद्यार्थीहरुको अहम भुमिका रहने बताउँनुभयो ।
कनकाई र झापा जिल्लानै पछिल्लो समय लागुऔषधको हटस्पर्ट बन्दै गएको हुनाले कनकाईका विद्यार्थीहरुका लागि विभिन्न सहयोगी संस्थाको सहयोगमा लागुऔषध, ट्राफिक नियमहरुका वारेमा जानकारी दिन प्रशिक्षणको आयोजना गरिएको इलाकाप्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक उदयसंम्सेर जबराले बताउँनुभयो ।
कनकाई नगरपालिकाका ३,४ र ८ नम्बर वार्डमा कारितास नेपालको सुरक्षित आप्रवासनको सुनिश्चितता र प्रवाशीहरुको दिगो स्थानीय पुर्नस्थापना प्रर्वद्धन परियोजनाको कार्यक्रम चलिरहेको छ । यसै कार्यक्रम अन्र्तगत कारितासको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको परियोजनाका हिमालय अधिकारीले बताउँनुभयो ।
४ दिनसम्म कनकाईका १४ बिद्यालयमा संचालन भएको तालिममा प्रशिक्षकहरु अर्जुन भट्ट, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोस आचार्य, ट्राफिक प्रहरी नायव निरिक्षक शिव शर्मा , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख उदयसंम्सेर जबरा कनकाई नगरपालिका ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवाल, लगायातले लागुऔषक प्रयोग र यसको मानसिक र कानुनी समस्या, ट्राफिक नियम र विभिन्न जीवन उपयोगी ज्ञानसीपका साथै सुरक्षित बैदेशिक रोजगारीमा परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने वारेमा प्रशिक्षण प्रदान गरिएको परियोजनाका कनकाई संयोजक विवेक शिवाकोटीले बताउँनुभयो ।
उट्घाटन कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्दै कनकाई नगरपालिकालाई शैक्षिक हव बनाउनका लागि आफ्नै नैतिकतामा आधारित शैक्षिक पाठ्यक्रमनै तयारी पारिसकिएको जानकारी दिनुभयो । यसैगरि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायातले बोल्नुभएको थियो । कार्यक्रमको संचालन ब्यासन कनकाईका अध्यक्ष बिनोद सुब्बाले गर्नुभएको थियो ।
समापन कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख आचार्य लगायातको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभापतित्व इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराको रहेको थियो कार्यक्रमको संचालन परियोजनाका कनकाई नगर संयोजक विवेक शिवाकोटीले गर्नुभएको थियो ।