जलथल एफसी अध्यक्ष कपको सेमिफाइनलमा


केशब चापागाईं,
मदरगाछ (झापा) । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जलथल एफसी प्रवेश गरेको छ ।

आज (विहीबार) भएको खेलमा जलथलले दमक फुटबल एकाडेमीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दमकमाथि २(० को गोल अन्तरको सहज जीतले जलथल सेमिफाइनलमा प्रवेश भएको हो ।

खेलको ९ र ३५ मिनेटमा जलथलका सुनिल खड्काले व्यक्तिगत २ गोल गर्दै टिमलाई विजयी गराएका थिए । योसंगै जलथल र श्रीनयाँ नाथ गण चारआली बीच सेमिफाइनल खेलमा भेट पक्का भएको छ।

आज भएको खेलको म्यान अफ दी म्याच जलथलका सुनिल खड्का भए । उनले १ हजार नगद पाए । भोलि (शुक्रबार) झापा एफसी राजगढ र दमक ब्रदर्स युनाइटेड चन्द्रगढीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।


सम्बन्धित शीर्षकहरु

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

कनकाई अनलाईनसुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका…

कनकाई अनलाईनसुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार झापाको कनकाई…

प्रतिकृयाहरू