आज जलथल एफ.सी र दमक एकेडेमी बिच घमसान भिडन्त।


मदरगाछ,फागुन १३।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज जलथल एफसी र दमक एकेडेमी बिच प्रतिषपर्धा हुने भएको छ।जनकल्याण मावि मदरगाछको खेल मैदानमा दिउँसो २ बजे देखि सुरु हुने खेलमा प्रदेशका यी चर्चित टिमको प्रतिषपर्धा हुन लागेको हो।

यी दुई टिमको भिडन्त पछी बिजेता बनेको टिमले श्रीनयाँ नाथ गण चारआली संग सेमीफाइनल खेल खेल्नेछ।प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश…

विर्तामोड, ६ बैशाख ।झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार…

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

प्रतिकृयाहरू