बिर्तामोड , फागुन १२ । मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा बुधबारबाट तीन दिवशिय नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु भएको छ ।
संस्थामा आवद्ध महिलाको क्षमता अभिबृद्धि गरी निर्धक्क बोल्न सक्ने बनाउने उद्धेश्यले आयोजना गरिएको तालिममा मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाका पदाधिकारी र संस्थाका दमक उपशाखा समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
आगामी शुक्रबारसम्म सञ्चालन हुने तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले गरिरहेको झापा जिल्लाकी कोषाध्यक्ष परु सुबेदी रिजालले जानकारी दिइन् ।
मेची – महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समितिकी अध्यक्ष यमु शर्मा सुव्वा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले तालिम सफलताको शुभकामना दिएका थिए ।कार्यक्रम मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाकी संयोजक शिखा खड्का गणेशको अध्यक्षतामा भएको सह–सचिब अम्बिका दाहाल गिरीले जानकारी दिइन् ।