अध्यक्ष कप फुटबल प्रतियोगितामा सशस्त्रलाई १-० ले हराउँदै रेड स्टारको बिजयी सुरुवात।


केशब चापागाईं

मदरगाछ,फागुन १२।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा रेड स्टार बिर्तामोडले जित हासिल गरेको छ।सशस्त्र प्रहरी बल सुनसरीको टिमलाई १-० को गोल अन्तरले हराउदै रेड स्टार बिजयी बनेको हो।

खेलको सुरुवाती मिनेटमै रेड स्टारका तर्फबाट जर्सी नम्बर १७ का तिर्थ बस्नेतले १ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।आजका म्यान अफ द म्याच बिर्तामोडका गोल किपर राजकुमार लिम्बु घोषीत भएका छन।उनले १ हजार नगद सहिद ट्रफी र प्रमाण पत्र पाएका छ।यस्तै भोलि समूह “ए” अन्तर्गत जलथल एफ सी र दमक एकडेमी बिच प्रतिषपर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।


सम्बन्धित शीर्षकहरु

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

कनकाई अनलाईनसुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका…

कनकाई अनलाईनसुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार झापाको कनकाई…

प्रतिकृयाहरू