सुरुङ्गामा एकल महिला सामुहिक बलात्कार


कनकाई अनलाईन
देश संसद स्थापना भएर खुसीयाली मनाइरहेको बेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिला सामुहिक बलात्कारको शिकार भएकी छिन ।
३१ बर्षिय एक सन्थाल महिलालाई कनकाई नगरपालिका ४ का २८ बर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० बर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर सक्क्त घाईते बनाएका हुन ।
सन्थाल महिला सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा राती पुगि ती महिलासग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुबैजनाले मुखमा समेत समेत कोचेर पालैपालो बलत्कार गरेको पिडित महिलाले बताउँनुभयो ।
उनीहरुले बलत्कार मात्रै नगरेर अनुहार लगायातका विभिन्न भागमा टोक्ने र हिर्काउदा महिला सक्त्त घाइते बनेकी छिन । महिलाको हाल उपचार भइरहेको छ ।
बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।
केहि बर्ष अघिमात्रै आफ्नो श्रीमान गुमाएकी उनीसग एउटा ७ बर्षिय छोरो मात्रै छन । ती छोरा समेत अरुकै घरमा बसेर पठनपाठन गर्दै आएका छन ।
महिला डेरा बस्ने घरमा उनी र अर्को परिवार समेत बस्दै आएको भएपनि अर्के घरको मानि उक्त दिन घरमा नभएको मौका पारि भुजेल र चौधरीले बलत्कार गरेका हुन । बलत्कार पछि उनीहरुले अप्राकृतिक मौथुन समेत गर्दा महिलाको अत्याधिक रक्तश्राप समेत भएको छ ।
फोटो ः बलत्कारपछि उपचाररक्त महिला तस्वीर ः लीलाराज झापाली कनकाई अनलाईन


सम्बन्धित शीर्षकहरु

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

कनकाई अनलाईनसुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका…

कनकाई अनलाईनसुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार झापाको कनकाई…

प्रतिकृयाहरू