सुरुङ्गा गणतन्त्र चौकमा लड्डु बाडियो


कनकाई अनलाईन
प्रतिगमन परास्त भएको अवशरमा झापाका कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा गणतन्त्र चौकमा लड्डु बितरण गरिएको छ ।
नेपालमै कहिल्यै बन्द नहुने सुरुङ्गामा प्रतिगमनकारी परास्त भएको दिन दिपावाली वितरण अतिसबाजी र लड्डु बितरण गरेर मनाइएको कार्यक्रम संयोजक लीलाराज झापालीले बताउँनुभयो । गणतन्त्रबादीहरुको स्वस्फुर्त रुपमा जम्मा भएका सुरुङ्गाबासीहरुले जनताको संसद स्थापना भएको दिन खुसीयालीमा अतिसबाजी गरिएको कार्यक्रमका आयोजक अखिलका झापा जिल्ला सचिवालय सदस्य नविन सिटौलाले बताउँनुभयो । कार्यक्रममा पुर्व सांसद नारायणसिंह राजवंशीले गल्तीका कारण जान अन्जान ओलीका पछि लाग्नेहरु मुल धारमा आउन आग्रह गर्नुभयो । ओलीलाई भने आफुले गरेको गल्तीको सजाय काटेपछि मात्रै पार्टी र जनतालो स्वीकार्ने राजवंशीले बताउँनुभयो । गल्ती गर्ने सजायको भागीदार नहुने हो भने देशमा अराजगता बढ्ने सांसद राजवंशीको भनाई थियो ।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू