Kanakai Online

शिवसताक्षी-३ को विवीध कार्यक्रम।


मङ्गलवार, फागुन ११, २०७७ |

शिवसताक्षी,फागुन ११। शिवसताक्षी नगरपालिका वार्ड नं ३ को वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रमका बिच विद्यालयका किशोर किशोरीहरुलाई लैगिंक हिंसा विरुद्धको सचेतना, फरक क्षमता भएका व्यक्तिहरुलाई औषधीजन्य सामाग्री वितरण, स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान तथा विद्यालयहरुलाई कोरोना सुरक्षा सामाग्री वितरण गरी सम्पन्न गरिएको छ ।

वडाध्यक्ष पुण्य प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माको प्रमुख आतिथ्यता रहेकोे थियो भने अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल, लेखा अधिकृत प्रकास योङ्हाङ, अधिकृत डिल्लि नेपाल लगायत स्थानीय सामाजिक व्यक्तित्वहरु अग्नि प्रसाद सापकोटा, बम ब. कार्की, जनप्रतिनीधिहरु, प्रधानाध्यापकहरुको उपस्थिती थियो । कार्यक्रममा राष्ट्रिय जेसिसका पूर्व उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक मञ्जरी घिमिरेबाट विद्यालयका किशोरीहरुलाई लैगिंक हिंसा र दुव्र्यवहार विरुद्ध सचेतना गराइएको थियो । स्वास्थ्य स्वयमसेविकाहरु गणेश कुमारी ढकाल, सुजता राई र तारादेवी थापालाई एक एक वटा हिरो साइकल र एक एक थान ब्यागसहित सम्मान गरिएको थियो भने फरक क्षमता भएका व्यक्तिहरु टिका प्रसाद नेपाल, रितेस खनाल, अवि राई, केशव कुमार सापकोटा, कुमारी बुढाथोकी, डम्बर कुमार लिम्बु, सन्देश गुरुङ, सोमनाथ थपलिया, दाताराम खड््का, यादब श्रेष्ठ र मदन थापालाई विभिन्न पौष्टिक आहार, औषधीहरु लगायत कोरोना सुरक्षा सामाग्रीहरु वितरण गरिएको थियो ।

यससँगै वडाभित्रकका सम्पूर्र्ण नीजि तथा सामुदायिक विद्यालयहरुलाई कोरोना सुरक्षा सामाग्री वितरण गरिएको थियो । “वडा समितिबाट विनियोजन गरिएको सामान्य बजेट सिलिङ्गभित्रको कार्यक्रमलाई एकीकृत गरी मितव्ययी र प्र्रभावकारी रुपमा सामाग्री खरीद गरी लक्षितवर्गमा पुर्याईएको” वडा सचिव अर्जुन सुवेदीेले बताए । “नगरले वडास्तरमा विकेन्द्रिकरण गरेको समुदाय लक्षित यस प्रकारको कार्य अत्यन्तै सराहनीय रहेको ”सहभागी विद्यालय बि.सि मेमोरियल ई. स्कूलका प्रिन्सिपल सूर्य कुईँकेलको धारणा थियो ।

सम्बन्धित खबर