कनकाई अनलाईन
झापाको कनकाई माविको खेल मैदानमा आगामी फागुन १७ गते सोमवारका दिनदेखि महिला फुटबलको महासंग्राम हुने भएको छ ।
सुरुङ्गाको होटल डिलाइटमा भएको पत्रकार सम्मेलनमार्फत आयोजक कनकाई खेलकुद प्रतिष्ठानले नारी दिवशको दिन हुने फाइनल खेल सहितको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल संयोजक युवा व्याक्तित्व गोविन्द सुवेदीका अनुसार यस छैठो सिजनका लागि आयोजक कनकाई खेलकुद प्रतिष्ठान सहित झापाका अन्य टिमहरु हल्दिवारी महिला फुटबल क्लव, जुनतारा महिला फुटबल क्लव खुदुनावारी, शिवसताक्षी नगरपालिका महिला फुटबल क्लव, पारिजात महिला फुटबल क्लव सालवारी, झापा गाउँपालिका महिला फुटबल क्लव, दमक महिला फुटबल क्लव र कचनकवल महिला फुटबल क्लवको सहभागिता रहने छ ।
आयोजक समितिका अध्यक्ष दिनानाथ खतिवडाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार र ट्रफि पाउने छ भने दोस्रो हुने टिमले ४० हजारमै चित्त बुझाउनुपर्ने छ । बाकी प्लेयर अफ दि म्याच, प्लेयर अफ दि टुनामेन्टको समेत पुरस्कार रहेको छ । प्रतियोगिता संचालनका लागि करिव ५ लाख रुपैँया खर्च लाग्ने र २ लाख रुपैँया कनकाई नगरपालिकबाट प्राप्त हुने आयोजक समितिका सचिव विनोद रानामगरले जानकारी दिनुभयो ।
अन्य सहयोग अन्य यस क्षेत्रका संघ संस्था र खेलप्रेमीहरुबाट संकलन हुने छ ।
पत्रकार सम्मेलनकै अवशरमा भएको अन्र्तक्रिया कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेती, पुर्वअध्यक्ष दुर्गाप्रसाद प्रसाई , समाजसेवी लीलाप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमली, तुलाराम बस्नेत, श्यामसुन्दर ओली, खेलदुत सन्त रायमाझि लगायातले खेलको आवश्यक पुरस्कार रकम बृद्धि र प्रतियोगितालाई कम्तीमा प्रादेशिक बनाउन माग गर्नुभयो । प्रतियोगिताका लागि आवश्यक ग्राउण्ड व्यावस्थापनमा समेत ध्यान दिन आयोजनसग सुझाव दिइएको थियो । आयोजकबाट खेल मैदान व्यावस्थापनमा कुनै समस्या नहुने समेत प्रतिबद्धता जाहेर गरिएको छ ।
Trending
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई
- डिएसपी कार्कीको सुरुङ्गामा विदाई
- झापामा होली मनाउन हिडेका ६ जना पक्राउ ३५८ मोटरसाईकल नियन्त्रयणमा