Kanakai Online

झापा गाउँपालिकामा सामाजिक हिंसा विरुद्धको सचेतना।


सोमवार, फागुन १०, २०७७ |

झापा,फागुन १०।झापा गाउँपालिकामा समुदाय प्रहरी साझेदारी,न्याय तथा बिकासका लागि सामाजिक सञ्जाल र लुथरन विश्व फेडेरेसनको संयुक्त आयोजनामा लैङ्गिक हिंसा,यौन दुव्र्यवहार,साइवर अपराध तथा लागू पदार्थ दुरव्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पालिकामा रहेका मावी र आवि तहमा अध्ययनरत बाल क्लबका विद्यार्थीहरुलाई सचेतना दिइएको थियो।

डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीको आथित्यता रहेको थियो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरिक्षक देवेन्द्रप्रसाद सुबेदीले सहभागी विद्यालयका विद्यार्थीलाई साइबर अपराध सबन्धी बिर्फिङ गर्नुभएको थियो।उहाँले साइवर अपराध सबन्धी नियम र कानुनका बारे बताउनु भएको थियो।सुबेदीले सामाजिक संजाल प्रयोगका बारे फाइदा र बेफाइदा बारे बुझाउदै विद्यार्थीलाई बेफाइदा बारे सजग रहन आग्रह गर्नुभयो।उहाँले यौनजन्य दुर्व्यवहारका बारे बताउदै राम्रो छुवाई र नराम्रो छुवाइ बारे अवगत गराउनुभयो।उहाँले समाजमा हुने हरेक दुर्व्यवहारमा प्रहरी साथ रहेको भन्दै दुर्व्यवहार सहेर नबस्न सबै सहभागीलाई आग्रह गर्नुभयो

कार्यक्रममा प्रमुख अतिथी बुढाथोकीले सहभागीलाई लैङ्गिक हिंसाका  बारे बुझाउदै हिंसा सहेर नबस्न आग्रह गर्नुभयो।उहाँले कसैले दुर्व्यवहार गरे नजिकैको प्रहरी कार्यालयमा बिना संकोच खबर गर्न अनुरोध गर्नुभयो।बुढाथोकीले अहिलेको जवाना मोबाइलको बढी प्रयोग भएकाले मोबाइल बाट बढी हिंसा फैलिएको जिकिर गर्नुभयो।

झापा गाउँपालिका-४ स्थित डिल्लीराज माविको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायब निरिक्षक खड्गबहादुर गिरीले गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी गरेर करिब १०० जनाको सहभागिता रहेको थियो।

सम्बन्धित खबर