झापा गाउँपालिकामा भोलि देखि फुटबल धमाका-उद्घाटन खेलमा आयोजक र आर्मी बिच भिडन्त।


शरणामती,फागुन १०।भोली ११ गते देखि झापा गाउँपालिकामा फुटबल प्रतियोगिताको धमाका सुरु हुने भएको छ।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा भोलि हुने उद्घाटन खेलमा आयोजक टिम र श्रीनाथ गण चारआलीको टिम बिच प्रतिषपर्धा हुने भएको छ।

सशस्त्र र नेपाल आर्मी सहित प्रदेशका चर्चीत ८ टिमले भाग लिने प्रतियोगीता रोचक र घम्साघम्सीका बिच हुने आफुले अनुमान गरेको स्थानिय छत्र पाण्डेले कनकाई अनलाइन लाई बताउनु भयो।श्री जनकल्याण माध्यमिक विध्यालयको खेल मैदानमा ११ गते देखि १८ गतेसम्म हुने प्रतियोगितामा झापा गाउँपालिकाको समेत ३ लाख ५० हजार आर्थिक सहयोग रहेको क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिनुभयो।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले कनकाई अनलाइनलाई जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।

प्रतियोगितामा आयोजक टिम,श्रीनाथ गण चारआली,जलथल एफसी,दमक एकेडेमी,रेडस्टार बिर्तामोड,सशस्त्र प्रहरी बल सुनसरी,झापा एफ सि राजगढ र ब्रदर्स युनाइटेड चन्द्रगढी गरे जम्मा ८ टिमको सहभागिता रहेको क्लबका सचिव वासुदेब दाहालले बताउनु भयो।

यसै बिच झापा गाउँपालिका-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले आयोजना सम्पन्न गर्न आफू हरदम तयार रहने प्रतिबद्धता जनाउनु भएको छ।उहाँले दिपज्योती क्लबको अगुवाइमा आयोजना हुन लागेको फुटबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रतिकृया दिनुभयो।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू