Kanakai Online

कनकाईका विद्यार्थीलाई मनोपरामर्स गर्दै प्रहरी


सोमवार, फागुन १०, २०७७ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाभित्र रहेका १ हजार ५०० विद्यार्थीहरुलाई प्रहरी र विभिन्न संघ संस्थाको आयोजनामा मनोपरामर्स दिन सुरु गरिएको छ ।


बढ्दो लागुऔषध दुव्र्यसनी र विभिन्न क्षेत्रमा कम उमेरमै वालवालिकाबाटै अपराधजन्य घटना घटिरहेको बेला यहाँका स्कुले बालवालिकाहरुलाई केरियार काउन्सिलिङ्गको तालिम सुरु गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदयसंम्सेर जबराले बताउँनुभयो ।
तालिमको सुरुवात कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी प्रमुख सानुराम भट्रराई लगायातले कार्यक्रमको उद्घाटन आइतवार देवकोटा एजुकेशन फाउण्डेशन सुरुङ्गामा गर्नुभयो ।
कार्यक्रम कारितास नेपाल र इलाका प्रहरी कार्यालय सुरुङ्गाको आयोजना तथा कनकाई नगरपालिका र कनकाई नगर प्याब्सनको समन्वयमा भइरहेको छ ।
प्रशिक्षण कनकाईका विभिन्न १६ विद्यालयमा ४ दिनसम्म गरिने ब्यासन कनकाईका अध्यक्ष बिनोद सुब्बाले जानकारी दिनुभयो ।
तालिमममा विद्यार्थीहरुलाई लागुऔषधको प्रयोग र ओसार प्रसारबाट आफ्नो जीवनमा पार्ने प्रभाव, ट्राफिक र प्रहरीका विभिन्न नियम लगायातका वारेमा सहजकर्ता अर्जुन भट्ट तथा ट्राफिक प्रहरी र जनप्रहरी अधिकृतबाट प्रशिक्षण हुदै छ ।
४ दिनसम्म हुने प्रशिक्षणमा देवकोटा एजुकेशन फाउण्डेशन, प्यारागन एकाडेमी, चम्पा फ्लाओर्स, हरिकुल नमुना मावि, पशुपति मावि, झापा मेरिगोल्ड, दिव्यरत्न मावि, बेनुबाजा मावि, विद्योदय मावि, नवयुग शिक्षा निकेतन, अरुणोद्धय मावि, इष्टर्न एभरेष्ट मावि, माउन्ट अन्नपुर्ण र पाथिभरा एजुकेशन फाउडेशनमा तालिम संचालन हुनेछ ।
एद्घाटन कार्याक्रममा बोल्नुहुदै प्रमुख अतिथि कनकाई नगरप्रमुख पोखरेलले नगरलाई शैक्षिक हवका रुपमा विकास गरिने बताउँदै नगरको आफ्नै पाठ्यपुस्तक समेत तयारी गरिसकिएको बताउँनुभयो ।


झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले झापाको कारागार र इलाका प्रहरीको अधिकांस हिरासत गृहको ७० प्रतिशत भन्दा वढी कैदी बन्दीहरु लागुऔषधका कारोवारी र प्रयोगकर्ताले भरिएको बताउँदै विद्यालय स्तरबाटै यसको नियन्त्रण र उन्मुलनका लागि सबैजना अग्रसर हुन आवश्यक रहेको बताउँनुभयो । नेपाल भारतको खुल्ला सिमाको फाइदा उठाउदै झापा जिल्ला लागुऔषधको हटस्पर्ट बन्दै गएको प्रहरी प्रमुख भट्टराईको भनाई थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर गौतम, प्यासन झापाका अध्यक्ष एलपी उप्रेती, लायन्स क्लव कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया। कारितास नेपालका देबेन्द्र पोखरेल लगायातले तालिमबाट सुन्दर र लागुऔषधसुन्य कनकाई बन्नका लागि मद्धत मिल्ने बताउँनुभयो ।
कार्यक्रम प्याब्सन कनकाईका अध्यक्ष बिनोद सुब्बाको सभापतित्व तथा सचिव केशवशर्मा बेडारीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खबर