कनकाई अनलाईन
काठ चोरी तस्करीमा संग्लन एक युवालाई प्रहरीले सुरुङ्गाबाट प्रक्राउ गरेको छ ।
कनकाई नगरपालिका २ सुकेडाँगीका ३० बर्षिय सन्तोस भनिने अशोक राईलाई प्रहरीले आज सुरुङ्गाबाट प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउँनुभयो । उनी वन पैदावर हानी नोक्सानी तथा ओसार प्रसार मुद्धामा फरार रहदै आएका थिए । जिल्ला अदालत इलामबाट २०७४ साल बैशाख २१ गते मुद्धामा वन पैदावर ओसार प्रसार मुद्धामा १५ दिन कैद र ३४ हजार रुपैँया जरिमाना तोकिएको थियो । सोहि समयदेखि राई फरार रहेका थिए । ३ बर्षपछि प्रहरीले प्रक्राउ गरि जिल्ला अदालतमार्फत सजाय भुक्क्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र भोली कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
Trending
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई
- डिएसपी कार्कीको सुरुङ्गामा विदाई
- झापामा होली मनाउन हिडेका ६ जना पक्राउ ३५८ मोटरसाईकल नियन्त्रयणमा