Kanakai Online

भृकुटी आधारभुत प्रबिधी मैत्री।


मङ्गलवार, फागुन ४, २०७७ |

शरणामती,फागुन ४।झापा गाउँपालिका-६ शरणामतीमा रहेको भृकुटी आधारभुत विद्यालय प्रबिधी मैत्री बनेको छ।विद्यालयले आधुनिक युग संगै बढ्दो शिक्षा नीति अनुसार विद्यार्थीलाई कम्प्युटर र प्रबिधीको ज्ञान दिन प्रबिधीमा नयाँपन ल्याएको हो।

नेपाल सरकार तथा झापा गाउँपालिका बाट आएको सहयोगको सदुपयोग गर्दै बिद्यालयमा १४ थान डेक्सटप,३ थान ल्यापटप र २ थान प्रोजेक्टर रहेको प्रधानाध्यापक मदनकुमार भण्डारीले कनकाई अनलाइनलाई बताउनु भयो।उहाँले प्रबृधी शिक्षाका लागि बेग्लै शिक्षकको समेत व्यवस्था गरेको बताउनु भयो।

यसै बिच विद्यालयले मंगलबार श्री पञ्चमीको अवसर पारेर आइ.सि.टी(सुचना तथा संचार प्रबिधी) कक्षाको विधिवत उद्घाटन गरेको छ।झापा गाउँपालिका प्रमुख जयनारायण शाह,उपप्रमुख कुन्तीदेवी बुढाथोकी,वडाध्यक्ष हरीबहादुर बानियाँ ,शिक्षा साखा प्रमुख जीवनप्रसाद ढकाल,स्रोत व्याक्ती खड्गप्रसाद खरेल लगायतको उपस्थितीमा कक्षाको उद्घाटन गरिएको हो।

सोही अबसरमा झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँले झापा गाउँपालिकाका विद्यालय मध्ये भृकुटीले तिब्र गतीमा फड्को मारेको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो।

उद्घाटन कार्यक्रमकी विशिष्ट अतिथी समेत रहेकी पालिका उप-प्रमुख बुढाथोकीले मुलुकले शिक्षा नितीमा फड्को मारेको उल्लेख गर्दै प्रविधी शिक्षामा झापा गाउँपालिकाले समेत सहयोग गरेको बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पालिका प्रमुख शाहले झापा गाउँपालिकाको १ नं मा भृकुटी आधारभुत विद्यालय आउँछ भन्दै विद्यालयको प्रशंसा गर्नुभयो।उहाँले झापा गाउँपालिकाले प्रबृधी मैत्री शिक्षामा जोड दिएको बताउनु भयो।

उद्घाटन कार्यक्रममा विद्यालयलाई योगदान पुर्याउने तीन जनालाई सम्मान समेत गरिएको थियो।सम्मान पाउनेहरुमा गणपत गणेश,सुन्दरलाल गणेश र बलबहादुर भण्डारी रहनुभएको छ।

सम्बन्धित खबर