लीलाराज झापाली /कनकाई
स्कुले जीवनमा राजनीतिक प्रभाव
मणिकुमार साम्पाङ । २०५४ सालसम्म पनि मणिकुमारकै नामबाट जिल्लाभर चिनिन्थे तर उनको पार्टीले जनयुद्धमा प्रवेश गरेर त्यस बेलाको स्थानीय निर्वाचन बिथोल्न गाउँका स्कुलमा रहेका चुनावी बुथहरूमा बम हाल्न थाल्यो, तब उनको नामको पछाडि विजय रहन पुग्यो, कमरेड विजय ।
२०३९ सालमा भोजपुरमा जन्मिएका मणिकुमारका दाजु भारतीय लाहुरे हुन् । उनको परिवारका सबै सदस्यले विजय पनि लाहुरे भएको हेर्न चाहन्थे । त्यसबेला लाहुरे बन्नका लागि कम्तीमा १८ वर्ष उमेर पुगेकै हुनुपथ्र्यो । तर, उनले लाहुरेको राइफल समात्ने उमेरभन्दा २ वर्ष पहिले नै १६ वर्षकै कलिलो उमेरमा जनयुद्धको उद्घोष गर्दै जनताको बन्दुक समाते । फरक यति थियो, कि लाहुरे भारतको सुरक्षा र परिवारका लागि आर्थिक सहयोग पुग्ने थियो । जनयुद्धको बन्दुक समात्दा सामन्ती परिपाटीको अन्त्य गर्दै पूरै देशको शासन व्यवस्थाको खिलापमा उनीजस्ता योद्धा सामेल थिए ।
तत्कालीन २०४८ सालमा मणिकुमारको गाउँ भोजपुरमा जनमोर्चाको रामै प्रभाव थियो । अझ गाउँमा एउटा आदर्श परिवार थियो, त्यसबेला पदम साम्पाङको परिवारको उनी जनमोर्चाका जल्दाबल्दा नेता थिए । पदम साम्पाङको कुरा मान्नु र उनलाई आदर्श मान्नु मणिकुमारजस्ता किशोर विद्यार्थीका लागि लोभलाग्दो विषय थियो । उनै पदम हाल नेकपा विप्लवबाट नेकपामा प्रवेश गरेका छन् भने २०६४ सालको निर्वाचनपछि सोही स्थानमा विजयी भई राज्य मन्त्रीसम्म बन्न पुगेका छन् । उनै पदम साम्पाङको स्कुलिङमा हुर्किए मणिकुमार साम्पाङ पनि स्कुलमा त्यसबेला जनवादी गीतहरूमा नाच्ने गाउने र गाउँ–गाउँमा जीवन शर्माका गीतहरूमा गाउने नाच्ने गरिन्थ्यो त्यसबेला मणिकुमार पनि यस्तै नाच गानमा सहभागी बने ।
त्यसबेला गाउँमा यस्ता किसिमका गीत गाउँदा पुलिसले पक्रन्छ भन्ने डर थियो अनि मणिकुमारलाई यिनै गीतहरू मात्रै जनताका गीत हुन् भन्न लाग्यो । पुलिसको प्रवाहभन्दा पनि जनताको गीतलाई ज्यादा माया गर्ने मणिकुमार बढी नै जनवादी गीतको नाचगानमा लाग्न थालिसकेका थिए । १० वर्षको उमेरमै मणिकुमार गाउँमै महेन्द्र माध्यमिक विद्यालयको कक्षा–६ मा पढ्दा गठन भएको विद्यार्थी सङ्गठनमा सामेल भइसकेका थिए भने गाउँमै नाचगानका लागि समेत बनेको सांस्कृतिक समूहमा समेत मणिकुमार सामेल बनिसकेका थिए । स्कुलकै विद्यार्थीलाई सामेल गरेर गाउँ एकाइ कमिटीसमेत गठन गरिएको थियो यसमा पनि मणिकुमार सामेल बने ।
यसरी एक स्कुले बालक साथीले पछि ठूलो भएर के बन्छौँ भन्ने प्रश्नमा डाक्टर लाहुरेलगायतका उत्तर दिनुपर्ने बेलामा यी स्कुले बालकले भविष्यको गन्तव्यको यात्रा त्यही उमेरमै कोरिसकेका थिए । जब उनी महेन्द्र माध्यमिक विद्यालयमा कक्षा–१० को टेष्ट परीक्षा दिइरहेका थिए, उनी तत्कालीन अखिल क्रान्तिकारीको भोजपुर जिल्ला संयोजकको जिम्मेवारीमा पनि थिए । त्यसबेला उनी विद्यार्थीको गोरखपुर सम्मेलनमा पुगेर गाउँ फर्किंदा उनै मणिकुमारलाई त्यसबेला वारेन्ट जारी गरियो । त्यसबेला उनको विद्यालय महेन्द्र माध्यमिक विद्यालय र प्रहरी चौकीको दूरी नजिकै रहेकोले उनले चाहेर पनि एसएलसीको परीक्षा लेख्न पाएनन् ।
जनयुद्धको सुरुआत
त्यसबेला गाउँमा जनमोर्चा मसाल पार्टीको राम्रो प्रभाव थियो । २०४९ साल आसपासमै गाउँमा बढी नै मसालका केन्द्रीय नेताको आगमन हुन थाल्यो । भित्ते लेखन, पम्प्लेटिङ र गाउँ–गाउँमा राति पिँढीसभाहरू प्रशस्तै हुने गरेका थिए । यो क्रम गाउँमा खुब चल्यो, मणिकुमार पार्टीले दिएको जिम्मेवारीहरू नाचगान र पर्चा तथा भित्तेलेखनलगायतका काममा प्रायः विद्यार्थीकै जिम्मामा रहने गर्दथ्यो । त्यसमा पनि मणिकुमार अग्रभागमा रहन्थे ।
२०५२ साल लाग्दादेखि नै नेताहरूले अब लडाइँ सुरु हुन्छ भन्ने सङ्केत मणिकुमारलगायतलाई गर्ने गर्थे । तर जनयुद्धको सुरु मिति २०५२ साल फागुन १ गते भन्ने मात्रै मणिकुमारलगायतलाई थाहा थिएन एक साताभित्रै जनयुद्धको सुरु हुने सङ्केत भने पाएको मणिकुमार बताउँछन् । पार्टी भूमिगत भएपछि नै मणिकुमार लुकेर बस्नुपर्ने भयो । २०५४ सालको निर्वाचनपछि सचेतनाभन्दा पनि आक्रमणकै लागि मणिकुमार बढी केन्द्रित हुनुप¥यो । गाउँमा त्यसबेलासम्ममा मणिकुमारको परिचय फेरिएर एक माओवादी कार्यकर्ताका रुपमा रहेको थियो त्यसकारण पुलिसको नजरबाट सधैं आफूलाई बचाएर राख्नु पर्दथ्यो ।
विजय बनेको दिन
२०५४ सालको स्थानीय निकायको निर्वाचन पार्टीले बिथोल्ने निर्णय गरेको थियो । त्यसबेला पदम साम्पाङ, मणिकुमार र चन्द्रकुमार राईको नेतृत्वमा भोजपुरकै बोया गाविसको बिहीबारे बजारमा रहेको चुनावी बुथमा बम हान्ने निर्णय भयो । ‘त्यसबेला राति बम हानेपछि त्यहाँ बम पड्किएको छ भनेर मानिसहरू भोट हाल्न जाँदैनन् भन्ने हाम्रो मान्यता थियो यसैअनुसार हाम्रो तीन जनाको टिम राति चुनावी बुथमा गयौं, हामीले सकेटमा एचई हालेर तारवाला इलेक्ट्रोनिक्स बम बनायौं अनि त्यसबेला खुब चलेको टाइगर ब्याट्रीको पावर जोडेर ब्लाष्ट गरायौं,’ उनले भने, ‘त्यही क्रियाकलाप नै जनयुद्धमा सामेल भएको पहिलो फौजी क्रियाकलाप बनेको थियो ।’
त्यसबेलादेखि नै हो एक गाउँले मणिकुमार साम्पाङ कमरेड विजय बनेको दिन । त्यसपछि उनलाई घरमै बस्न मिल्न पनि छाडेको थियो । कतिबेला पुलिसले पक्रने हो भन्ने कारणले घर कम र बाहिर बढी बस्न थाले । २०५६ सालदेखि उनै विजय पूर्णतः जनयुद्धमा सामेल बनेका थिए ।
जनयुद्धमै हुर्किए विजय
माओवादी जनयुद्धको घोषणा हुँदा मणिकुमार १३ वर्षका मात्रै थिए । त्यतिबेलै उनी पार्टीले दिएका जिम्मेवारी पूरा गर्दै गए । ५४ सालको स्थानीय निर्वाचन बिथोल्न बम हान्दै हिँड्दासमेत उनी किशोर अवस्थाकै थिए । कक्षा–१० सम्म जसोतसो विद्यालयमा अध्ययन गर्न पाएका मणिकुमार विजय बनेपछि उनको विद्यालयमा गएर अध्ययन अध्यापनको पूरै बाटो रोकियो । उनी जनयुद्धमै हुर्कंदै गए र उनको पढाइसमेत जनयुद्धकै स्कुलिङबाट हुनपुग्यो ।
त्यसबेला प्रहरीको रोमियोलगायतका ठूलाठूला अपरेसनहरू भए । मणिकुमारको त्यस गाउँ माओवादीको आधार इलाका भएकाले यी सबैमा बँच्दै प्रहरीसँग फौजी प्रत्याक्रमण गर्नु मणिकुमारजस्ता जनयोद्धाका लागि दैनिकी बनिसकेको थियो । ५४ सालदेखि फाट्टफुट्ट जनयुद्धमा सामेल बनेका कमरेड विजय ५६ सालदेखि भने पूरै टाउकोमा कफन बाँधेर बारुद र राइफल भिरेर जनयुद्धको बाटो लागे । परिवार र दाजुको लाहुरे बनाउने सपनालाई विजयले जनयुद्धको लाहुरे बनेर पूरा गरे । गाउँमा विजयको सात जनाको समूह थियो । नाचगानमा खुब मिल्ने अनि आफ्ना दाजुहरूको समेत त्यस्तै ७ जनाको मिल्ने टिम थियो । दाजुहरूको समूह माओवादी समर्थक भए पनि जनयुद्धमै सामेल हुनुभएन, दाजु भारतीय लाहुरेको भर्तीमा जानुभयो । विजयका अरु पनि साथीहरू थिए तर जनयुद्धमा लागेको थाहा पाएपछि उनीहरू विजयबाट क्रमशः साइट लागे तर पनि शुभचिन्तकका रुपमा रहिरहे ।
त्यसबेलासँगै हिँड्ने साथीहरूमा निरकुमार राई ९निशान्त० र थप दुई आफूभन्दा थोरै जुनियर बहिनीहरू साधना र एक अर्की बहिनीहरू भएको र दुवैजना बहिनी जनयुद्धमै शहीद भएका छन् । ५६ सालदेखि पूर्णकालीन सदस्य भएर राइफल बोकेका विजयलाई २०५७ साल सबैभन्दा बढी व्यस्तताको वर्ष बन्यो, फौजी तालिम साथसाथै सेलो टेष्ट गर्ने र जिल्ला प्रशासन कार्यालयमा गएर सोझौ बम हान्ने टिमको नेतृत्व कामरेड विजयले पाउन थाले । पार्टीले उनीमाथि ज्यादा नै विश्वास गरिसकेको थियो ।
तालिम प्राप्त विजयलाई त्यसबेला पेस्तोल, रिभल्बर र केही जनमुक्ति सेनाका योद्धाहरू जिम्मामा दिइएको थियो भने त्यसबेला चुवानडाँडाको प्रहरी चौकी, भोजपुरको जिल्ला प्रहरी कार्यालय बम प्रहार, सङ्खुवासभाको वानामा चौकीलगायतका दर्जनौं सफल असफल फौजी मोर्चामा विजय सामेल बने । उनकै नेतृत्वमा जनसेनाको एक स्वाइट थियो । त्यसबेला जनसेनाको पूर्व क्षेत्रमा एक अस्थायी कम्पनी खडा गरियो र ३ वटा अस्थायी प्लाटुन कम्पनीसमेत खडा गरियो । त्यसबेला मैनापोखरी भिडन्तका लागि आफ्नो अस्थायी प्लाटुनबाट विजयसहित कमरेड रेखा र सन्देश गरी ३ जना फौजी कारबाहीका लागि छनोट भएका थिए ।
त्यसबेला दोलखाको मैनापोखरी ४ घण्टे भिडन्तमा प्रहरीको साथबाट ६ थान राइफल र २ थान सटगन पार्टीले लिन सफल भएको थियो भने यस भिडन्तमा माओवादी युद्धबाट अद्र्धसफलता मिलेको थियो । युद्धमा २ जना माओवादी जनसेना शहीद हुँदा ४ प्रहरी घाइते र केही मारिएका थिए । मैनापोखरी आक्रमणपछि केही समयको दोलखा आधार शिविरमा केही दिनको सैन्य तालिमपछि त्यसपछि विजयको टोलीले फोक्ताबुङ युद्धमा पूर्णरुपमा सफलता पाएको थियो । जसमा १९ थान प्रहरीको हतियार कब्जा भएको थियो भने १ जना प्रहरी मारिनुका साथै बाँकी सबै प्रहरीले आत्मसमर्पण गरेका थिए । यसरी २०५७ सालभर एक योद्धा विजयको पूर्ण व्यस्तताको वर्ष बनेको थियो ।
डाक्टरले बाच्दैन छाडिदिऊँ भनेपछि‘
कमरेड विजयका लागि २०५७ साल जनयुद्धका लागि निकै व्यस्त वर्ष रह्यो । केही दिनको तालिमपछि तुरुन्त भिडन्तको मोर्चा समाल्नुपर्ने, लडेकामध्ये केहीलाई छाडेर धेरै मोर्चामा विजयीसमेत बनेका थिए उनी । देशमा जनयुद्ध जारी थियो, २०५८ सालको मङ्सिर महिनाको ८ गते पार्टीले एकसाथ सोलुको सदरमुकाम सल्लेरीसहित देशका आधा दर्जन ठूला स्थानहरूमा एकसाथ हमला गर्ने नीति बनायो ।
जसमा विजयको जिम्मामा सबैभन्दा कठिन मानिएको आर्मी ब्यारेकमा हमला गर्नुपर्ने जिम्मा दिइयो । तर, दुर्भाग्यवश जनसेनाले बोकेको बम सो दिन सोलुखोला वारिपट्टि नै पड्किएपछि प्रतिपक्षहरूले यो कुरा थाहा पाए र विजयको टोली सो दिन पारि नजाने निर्णय ग¥यो । सो टोली ९ गते यो शक्तिलाई अन्य कतै भिडन्त गर्ने निर्णयका साथ रेकीका लागि लाग्यो तर सबैतिर प्रतिपक्षको टोली मुभ भएको खबर ल्यायो किनभने त्यसदिन मात्रै जनसेनाले देशका अन्य स्थानहरूमा समेत आक्रमण गरेपछि उनीहरू सतर्क अवस्थामा रहेका थिए ।
रेकी टिमले पुनः १० गते सोलुको सल्लेरी नै आफ्ना लागि ठीक समय भएको निष्कर्ष निकाल्यो र सशस्त्र, जनपथ, जिल्ला प्रशासनलगायतका सबै कार्यालयमा एकसाथ हमलाको योजना मिलाएर सोलुको गोराखानी गाउँबाट टोली अगाडि बढ्यो । साँझ हिँडेको टोलीले सोलु सदरमुकाम सल्लेरीमा ठीक १२ बजे सबैले एकसाथ हमला गर्ने योजना बनेको थियो । यसैअनुसार जनसेनाको टोली अगाडि बढेको पनि थियो । मङ्सिरको महिना टहटह जुन लागेको थियो । यस आक्रमणको नेतृत्व उपकमाण्ड कमरेड मुक्तिले गर्नुभएको थियो । तर, ठीक समय तोकिएको भन्दा ठीक १५ मिनेट पहिले नै सशस्त्रसँग भिड्ने टोली र सशस्त्रको गस्ती टोलीबीच बाटैमा जम्काभेट भएर फाइरिङ खोलियो ।
सबैले आफ्नो आफ्नो योजनाअनुसारको युद्ध मोर्चा सम्हाले, विजयको नेतृत्वमा एउटा एसल्ट थियो भने अर्को एसल्टको समेत निगरानीको जिम्मा विजयको जिम्मामा रहेको थियो । त्यसबेला कमरेड विजय कम्पनी प्लाटुन भिसी रहेका थिए । कम्पनी कमाण्डर कमरेड धु्रव बुढाथोकी धिरण थिए । ११ः४५ मा सुरु भएको भिडन्त ४ घण्टासम्म चल्यो । विजयको नेतृत्वमा रहेको आर्मी ब्यारेक बाहिरैबाट बम र गोली हानेर सबै बङ्करहरू क्लियर गरिसकेको थियो । युद्धका बेला सेना र प्रहरीबाट साह्रै नराम्रो गालीका वर्षाहरू भइरहेका थिए । जसले जनसेनाका योद्धालाई थप उत्तेजित बनाउने काम गरिरहेको थियो ।
२ बजेको समय थियो, विजयको टोली सेनाको तारबार भएको स्थानमा पुगिसकेको थियो तर त्यसबेला विजयको टोलीसँगैको अर्को टोलीका तीन जना फाइरिङ खोलिरहेका तीन जना साथीहरू लगातार घाइते बने त्यो मोर्चा अलिक कमजोर भयो । तर विजयको टोलीले सो क्षेत्रका सबै बङ्करहरू खालि गरिसकेका थिए टोली सेनाको तारबार भएको क्षेत्रमा पुगिसकेको थियो ।
सँगै विजयको टोलीसँग तार काट्ने साधन माइन भएन । विजयले त्यसबेलै एकजना साथीलाई माइन ल्याउन आग्रह गरे । सो साथीको जिम्मा पनि आफैं लिएर विजय निरन्तर आक्रमण गरिरहे तर आधा घण्टा बीचमा पनि सो साथीले तार फोर्ने माइन ल्याउन सकेन । ऊ त्यत्तिकै फर्कियो र आफ्नो जिम्मा पुनः सोही साथीलाई दिएर विजय तार फोर्ने माइन लिन लागे । आर्मीका धेरै जवानहरू घाइते बनिसकेका थिए भने धेरैले सहादत प्राप्त गरिसकेका थिए, विजयको टोली आर्मीको तारबार फोरेर त्यहाँ भएको हतियार जम्मा गर्ने योजनामा थियो ।
विजय पनि तार फोर्ने माइन ल्याउन असमर्थ बने र उनी फेरि आफ्नो जिम्मामा फर्किए तर विजय आफ्नो मोर्चा समाल्न आउँदा उनको मोर्चाको अवस्था दयनीय रहेको थियो । आफूले जिम्मा छाडेको मोर्चाका सदस्यहरू ज्योति र सागर दुवै ढलिसकेका थिए । वर एउटा बङ्करबाट सेनाले लगातार गोली वर्षाइरहेको थियो । विजय त्यहींबाट फर्किन पनि सक्थे तर सहकर्मीको शवलाई नाघेर युद्ध मैदानबाट पिठ्यँ फर्काउन आफ्नो इमानले दिएन । विजयलाई अनि साथी ज्योतिको शवमा रहेको एसएलआर र आफूसँग भएको राइफल लिएर माथि कान्लामाथि उत्रिए ती गोलाबारी गरिरहेका आर्मीलाई ढाल्नका लागि उनी पूर्णतया विश्वासमा थिए कि त्ती आफ्ना साथीहरूलाई तीनै आर्मीले हत्या गरेका हुन् र तीनलाई आफूले ढाल्नैपर्ने उनको मनमा प्रतिशोध आयो ।
विजय आक्रोशित हुँदै लगातार ३ फायर खोले तर ती आर्मीलाई गोलीले लागेन न त ती आर्मीले पनि आफूतिर फायर खोल्नै छाडे । चौथो फायरमा ती आर्मी ढले अनि विजय फेरि हतियारमा गोली भर्न थाले ठीक त्यतिबेलै अगाडि खालि गराएको नजिकैको बङ्करमा आर्मीका जवानहरू आइसकेका रहेछन्, त्यो कुरा विजयलाई पत्तै भएन जब विजय हतियारमा गोली कक गर्न लागे ठीक त्यतिबेलै नजिकैबाट आर्मीले सटाएरै विजयको अनुहारमा गोली हाने । विजयको शरीर पूरै आफैंले तारबार बाहिर बनाएको बङ्करमा सुरक्षित थियो भने बाहिर अनुहार मात्रै निस्किएको थियो ।
अनुहारमा गोली लागेका विजय केही सेकेण्डमै तल कान्लामुनि लडे । घाइते विजयको शरीर आफ्ना मृत बनेका सहकर्मी ज्योति र सागरको शवमाथि परेको थियो । यसअघि आफ्नो एसल्टका थप ४ साथीहरू घाइते बनिसकेका थिए । त्यसबेला त्यस्तै अढाई बजेको थियो विजय सम्झना गर्छन् । त्यसको ठीक ४५ मिनेटपछि विजयको होस खुल्यो । उनको टाउको भारी भइरहेको थियो टाउकोको रगत सबै मुखमा परेर नुनिलो पानीले मुख भरिएको थियो । मुखमा लागेको रगत पुछेर टाउको छाम्दा पूरै टाउको दुई चोइटा भएजस्तो लाग्यो अनि हेरे, साथीहरूको मृत शरीर मात्रै छ तर वर लगाइका आवाजहरू ऐया १, आत्था १ र गाली गलौजका वर्षा भने रोकिएको छैन ।
यसबेला विजयले सोचे अब यहाँ बस्नु ठीक हुँदैन अब मैले यी हतियारको सुरक्षाका लागि पनि यहाँबाट निस्कनै पर्छ । उनीसँग रहेका दुई हतियार बोकेर रगत चुहाउँदै त्यसठाउँबाट निकै पर पुगे । त्यसबेला ३ बजेतर ४५ मिनेट गएको हुनुपर्छ । करिब ४० मिटर तलसम्म पुगेपछि आफ्ना पहिलेका प्लाटुन कमाण्डर धिरेन जसलाई पहिले नै हातमा गोली लागेर विजयले उपचारका लागि जान भनेका थिए, उनी विजयको टिमको बारेमा बुझ्न आउँदै गर्दा धिरेनले विजयलाई भेटेर विजयलाई तुरुन्त उपचारका लागि धिरेनले तल एचक्युमा पठाए ।
करिब ४ सय मिटर मुनि कान्लामुनि घाइतेहरूका लागि उपचार कक्ष बनाइएको थियो । त्यहाँ लगियो तर विजयको स्थिति गम्भीर बनिसकेको थियो । टाउकोको रगत थामिएको थिएन । त्यतिबेलै डाक्टरहरूको निष्कर्ष निस्कियो विजय बाँच्दैन उपचारका लागि प्रयास नगरौँ । यो उपचार गर्ने र नगर्ने भनेर जब डाक्टरहरूबीच छलफल चल्यो, जब यो आवाज विजयको कानमा प¥यो, उनले तत्काल प्रतिकार गरिहाले त्यो डाक्टरलाई हटाउनुहोस् अर्कोलाई बोलाउनुहोस् । शरीरले काम गर्न छाडे पनि उनले आत्माले भने हारेको थिएन ।
विजयलाई थाहा थियो, त्यसबेला एयरपोर्ट आक्रमणबाट फर्किएको टोलीसँग अलिक तालिमप्राप्त चिकित्सकको टिम थियो । विजयले सो टोलीमा भएको चिकित्सकलाई बोलाउन भने, त्यतिबेलै उनको होस पनि उड्यो । यस बीचमा कहिले हो आउने कहिले जानेक्रम निरन्तर चलिरहेको थियो । यो बीचमा विजयलाई धीरेनसँग भेट भएको प्रशान्त र रविन भन्ने साथीले बोकेको र उपचारका लागि डाक्टरले पीट्ट बाँधिदिएको थाहा छ, त्यसपछिका धेरै घटना विजयलाई थाहा भएन । एक पटक लामो समय करिब २ घण्टा बीचमा विजयको होस खुल्यो ।
त्यसबेला उनको आँखा पूरै पट्टीले ढाकिएको थियो । केही देख्न पाएनन् टाउको दुखिरहेको थियो । उनले भने ‘को छौ रु’ एउटा आवाज आयो म रक्षा अरू बाँकी साथीहरू सबैले विजयलाई सोही ठाउँमा छाडेर हिँडेछन् । सायद अब बाँच्दैन भन्ने साथीहरूको निष्कर्ष निस्किएर होला बीच बाटैमा सबैले विजयलाई छाडेर साइट लागेछन् । त्यसबेला जब साथी बाँच्दैन भन्ने लाग्छ त्यसबेला लडाइँमै छाड्नु वा पुर्नुलाई सामान्य मानिन्थ्यो तर साथीहरूले छाडे पनि गाउँकै भएकाले ती रक्षा बहिनीले विजयलाई छाडिनन् ।
विजयले सोधे खोइ अरु साथी रु रक्षाले भनिन्, दाजु अरु सबै अन्यत्र लागे तर मेरो मन मानेन यहीं बसें । विजयले भने, बाटोमा हेर त कोही छन् कि रु केही छिनपछि रक्षाले मेनुका आउँदै गरेको भनिन् । विजयले मेनुकालाई बोलाउन भने मेनुका पनि आइन् र फेरि दुई जनाले विजयलाई तान्दै घिर्सादै २० मिनेट जतिमा तल सोलुखोलासम्म पु¥याए जहाँ, अरु कम्पनीका साथीहरू जम्मा भएका थिए । जब विजय अरु साथीसँग पुगे अनि साथीहरूले नै बोकेर सुरक्षित स्थानतर्फ लगे ।
त्यसबेला आकाशमा सेनाको हेलिकप्टरले गस्ती गर्न र बमको वर्षा गर्न सुरु गरिसकेको थियो । विजयलाई रुखको छहारीमा राखेर लुकाए । साथीहरूले त्यसपछि करिब १४ जनाको टोलीसहित विजयलाई छाडेर आफ्नो प्लाटुन अन्यत्र लाग्यो । विजयलाई कहिले चौंरीगोठ त कहिले गुफा लगेर लुकाउने काम गरियो । यसबीचमा सेनाले ठाउँ ठाउँमा हेलिकप्टरबाट सेना झारेर बाटो बन्द गरिसकेको थियो । विजयलाई रामेछापको सीमाछेउमा लगेर लुकाइयो । मौर भन्ने स्थानमा पुग्दा स्थिति दयनीय बनिसकेको थियो ।
दाँत बाँधिएकाले केही पनि खान नहुने बनेको थियो । नाक भाँच्चिएका कारण नाकबाट आफ्नो रगत सबै मुखबाट पेटमा पुगेको थियो । त्यही रगतले नै विजयलाई खानाको काम गरेको थियो । यसले थप शक्ति दिएको थियो । विजयलाई केही दिन ङरुर गुफामा लगेर लुकाइयो । तर, एक्कासि विजयको शरीरले स्लाइन लिएन त्यसबेला साथीलाई समेत धेरै तनाव भयो तर बाँच्न लेखेर होला डाक्टर नवीनले लगाउँदा शरीरले नलिएको स्लाइन पुनः डाक्टर सुनीलले लगाउँदा स्लाइन चढ्यो । जब स्लाइन चढ्यो तब सबै जना खुसी भए विजयलाई पनि अब चाहिँ बाँच्छु भन्ने भयो ।
त्यसबाट कहिले स्टेचरमा बोक्दै, कहिले घर्संदै विजयसहितको टिम पिके पहाडतिर हिँड्यो । बाटोमा विजयलाई पानी खान मन लाग्यो साथीले तताएर हालेको ट्युलेटको पानी दिए तर पानी आएन सबै जना छक्क परे । पछि थाहा भयो तताएर हालेको पानी त बरफ भएको रहेछ । सिन्काले कोट्याउँदै अलिकता पानी विजयले पिए ।
यसपछि विजयको कहिलेकाहीं बेहोस हुने क्रम रोकियो । बाँधिएको पट्टी नखोलेको कारण बगेको रगत पनि जाम भएर जान छाड्यो, यसै दिनदेखि विजयले पानी र केही भातको माड पिउन थालिसकेका थिए । घाउ सफा गरियो तर घाउ पाकिसकेको थियो । गोलीले लागेर निस्किएको हड्डी पाकेर हरियो हुन थालिसकेको थियो । चाँडो अप्रेसन गर्नुपर्ने थियो तर सोलु आक्रमणकै भोलिपल्ट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटकाल लागू गरेर ठाउँ ठाउँमा सेना परिचालन गरिसकेका थिए ।
विजयलाई रामेछाप र सिन्धुलीमै घुमाइरहे । रामेछापकै एक गाउँमा लगातार १२ दिन रेष्ट गराइयो विजयलाई । मङ्सिरमा घाइते बनेका विजय माघसम्म पनि नेपालमै घुमिरहे । माघको अत्यतिर बल्ल उपचारका लागि विजय र शक्ति भन्ने साथी वीरगञ्ज रक्सौल हुँदै अनुहारमा रुमाल बाँधेर रिक्सा र ट्रेन चढेर भारतको मोतीहारीमा पुगे तर त्यहाँ शक्तिको उपचार भए पनि विजयको सम्भव भएन । उपचारका लागि पार्टीको प्रवास कमिटीले लखनउ पु¥यायो । त्यहाँ एक अस्पतालमा डाक्टरले उपचार गर्न सक्ने बताएपछि विजयको त्यही उपचार सुरु भयो । माघ २४ गतेबाट विजयको उपचार सुरु भयो ।
भारतमा समेत त्यहाँको प्रहरीले समात्न खोेजेको थियो घाइतेद्वयलाई तर त्यसबेलासम्म भारत प्रहरीलाई माओवादीलाई के गर्ने भन्ने स्पष्ट निर्देशन नभइसकेका कारण प्रहरीहरू सल्लाह गर्दागर्दै उनीहरू त्यहाबाट फुत्के । लामो समयको बसाइँपछि पुनः ६ महिनामा उपचारका लागि फ्लोअपमा आउने गरी विजयलाई अस्पतालले डिस्चार्ज दियो । नाक अड्याउनका लागि चश्मा बनाइदिएको थियो । विजय नेपाल फर्किने बेलामा समेत टिकट काट्ने मानिससहित २० जनाको टोलीलाई होटलबाटै गिरफ्तार गरेको थियो भारतीय प्रहरीले भारतमा पहिलो पटक नेपाली माओवादीलाई पक्राउ गरेको थियो । त्यहाँसमेत विजय मुस्किलले जोगिएका थिए ।
६ महिनापछि बाँचिन्छ, बाँचिँदैन थाहा थिएन तर उनी फर्किए । यस बीचमा विजयलाई उपचारका लागि लामो समय साथ दिने नवीन र विजय छुट्टिने बेलामा खुब समस्या भएको थियो । केहीछिन दुवै भावुक बनेपछि नवीनले रक्सौल पु¥याएर रिक्सा चढाइदिए यता नवीन लखनउतिर लागे । नेपालमा सबैतिर जाँच थियो कसरी घर भोजपुर आउने समस्या थियो । विजयले आफ्नो घरमा समेत लाहुरे भएकाले आफू पनि लाहुरे भिड्न भारत गएको र त्यहाँ मोटरसाइकल दुर्घटनामा परी आफू घाइते बनेको बताउने मनमा कल्पना गर्दै आए बाटोमा धेरै स्थानमा जाँच भयो तर विजयलाई कसैले सोधेन, बालबाल बँच्दै विजय जब उनको घरमा आइपुगे घरका आमाबाबाले सबै केहीबेर हलचल नगरी हेरिमात्रै रहे । बाबाआमासँग बोल्ने शब्द आएन न त विजयसँग नै ती बोल्ने शब्द थिए । आफू कुन अवस्थामा आएको छु भन्ने कुराको हेक्का आफैंलाई विश्वास थिएन । केही दिन घरमा बसेपछि साथीहरू लिनका लागि घरमै आए र विजय साथीको साथ लागेर फेरि जनयुद्धमा फर्किए ।
फेरि फौजी मोर्चामै सामेल
शारीरिक रुपमा कमजोर भए पनि विजयको आत्मबल घटेको थिएन । साथमा आफ्नो फौजी कला उनीसँगै थियो । विपक्षीलाई कसरी ढाल्ने भन्ने खुबी थियो । साथमा साथीलाई मारेको र आफू घाइते बनेको प्रतिशोध पनि । ३ महिना नियमित औषधी सेवनपछि विजयले औषधी पनि छाडे । यसबीचमा डेढ वर्ष जिल्लाको प्लाटुन चलाएपछि उनले पुनः कलाकार विभाग जिम्मा लिए । यसबीचमा सामना परिवारको नेतृत्व पनि गरे । २०६० सालमा भोजपुरको एक गाउँमा छापा मार्न आएको एक सेनाको टोलीलाई विजयकै नेतृत्वको जनसेनाको टोलीले एम्बुस धरापमा पारी ५ जना सेनालाई घटनास्थलमै मारेको थियो भने सेनाको टिमलाई बीच बाटैबाटै फर्काएको थियो ।
यो घटना आफू जनयुद्धमा लागेपछि कै सबैभन्दा खुसीको क्षणका रुपमा विजयको रहेको छ । विजय सामनालगायतका धेरै कलाकार टिमको नेतृत्व गर्दै माओवादीका विभिन्न जिम्मेवारी सम्हाल्दै शान्ति प्रक्रियापछि पनि माओवादी केन्द्र झापाका संयोजक हुँदै हाल नेकपाको झापा जिल्ला सचिव तथा घाइते योद्धा प्रतिष्ठानको केन्द्रीय अध्यक्ष रहेका छन् ।
पुस्तक ‘नमेटिने घाउ’बाट साभार