Kanakai Online

महिला हिंसा सम्बन्धि सर्ट मुभी “रामकहु चाचा”डिजिटल बजारमा चाडैँ आउदै।


बुधवार, माघ २८, २०७७ |

शरणामती,माघ २८।उमानारायण मिडियाको ब्यानरमा निर्मीत सर्ट मुभी “रामकहु चाचा” छिट्टै डिजिटल बजारमा प्रदर्शन हुने भएको छ।

मुस्लिम समुदायको बाहुल्यता रहेको झापाको झापा गाउँपालिका लाई परिबेश बनाएर छायाँकन भएको लघु चलचित्रमा मुस्लिम समुदायमै आधारित कथाबस्तु समेटिएको निर्देशक दिपेश प्रसाईले कनकाई अनलाइनलाई बताए।उहाँका अनुसार रामकहु चाचामा मुस्लिम समुदायमा परिवार नियोजन नगर्दा हुने हिंसालाई लघु चलचित्रमा समेटिएको छ।प्रसाईले धर्मका कारण एक मुस्लिम महिलाले सहनु परेको पिडालाई लघु चलचित्र उतार्न खोजेको बताए।रामकहु चाचाको पात्रको मुख्य अभिनय समेत आफैले गरेका प्रसाईले भने”झापा गाउँपालिकाकै परिबेश समेटिएर छायाँकन गरिएको छ,कलकारले पनि उत्तिकै मेहनत गर्नु भएको,सर्ट मुभी एकदमै राम्रो बनेको छ”।धर्म प्रती आस्था सबैले राख्नै पर्छ भन्दै परिवार नियोजन प्रतीको सचेतना समेत सर्ट मुभीले समेटेको प्रसाईले दाबी गरे।

छायांकनको काम सिद्दिएको सर्ट मुभी करिव एक महिना पछी डिजिटल बजारमा आउने भएको छ।श्याम गिरीले छायांकन गरेको रामकहु चाचामा केशब निरौला(जुँगे),प्रेम न्यौपाने,अन्जु थपलिया,योगेन्द्र ताम्ली,तारामाया सुब्बा,रोशनी सेती सुरुवाल,कञ्चन भेटुवाल,स्वस्तिका अधिकारी र नवराज बिष्ट रहेका छन।लेखक निर्देशन,निर्माता आफै रहेका दिपेश प्रसाईले भने रामकहु चाचामा चाचाको मुख्य अभिनय गरेका छन।

चर्चित हास्य टेलिचलचित्र “मेरी बास्सै”हल्का रमाइलो”मा समेत अभिनय गर्दै गरेका दिपेश प्रसाईले पछिल्लो पटक आफ्नै मिडियाको ब्यानरमा लघु चलचित्र निर्माण गरेका हुन।यो लघु चलचित्रलाई दर्शकले रुचाउने कुरामा आफू विश्वस्त रहेको प्रसाइले बताएका छन।

सम्बन्धित खबर