Kanakai Online

धर्तीकाखमा तारासरी देखिन्छन यी फूलहरु।


शनिवार, माघ २४, २०७७ |

 

गजल

धर्तीकाखमा तारासरी देखिन्छन यी फूलहरु।

पिडाबोधमा झाडीभित्र छेकिन्छन यी फूलहरु।

के अर्थ र दुईदिने बेली अनि चमेलीको ?

झरेपछी मान्छेबाटै टेकिन्छन यी फूलहरु।

विचरा ती अत्ति प्यारा मन्दिरसम्म मात्र हुन्छन्,

चढाएपछी डङ्गुरभित्र भेटिन्छ्न यी फूलहरु ।

दैव निष्ठुर कठैबरा एउटा मास काटेपछी,

कहिल्यै नपाउलिने गरि मेटिन्छन यी फूलहरु ।

वास्ना छदा मात्र न हो ती फूल अनि यो जीव,

छुटे वास्ना कुन इतिहासमा लेखिन्छन यी फूलहरु ।

-जीवन अनमोल कनकाई,झापा

सम्बन्धित खबर