Kanakai Online

सुरुङ्गामा महिला फुटबल क्लव गठन


शनिवार, माघ २४, २०७७ |

कनकाई अनलाईन
कोरोना कहरभन्दा अगाडिसम्म प्रदेश नम्बर एकका सबै प्रतियोगिता जितेर पूर्वाञ्चल च्याम्पियान बनेको झापा कनकाईको महिला फुटबल झापामा महिला फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्धेश्यले पब्लिक महिला फुटबल क्लव झापा ११ गठन भएको छ ।
झापाको कनकाई नगरपालिकामा भएको खेलप्रेमीहरुको भेलाले महिला फुटबल प्रशिक्षक सन्तकुमार रायमाझिको अध्यक्षतामा ९ सदस्यीय महिला फुटबल क्लव गठन भएको हो । क्लवको उपाध्यक्षमा टिका अधिकारी सचिवमा टिका लामिछाने सहसचिवमा गणेश पोखरेल कोषाध्यक्षमा अम्बिका खरेल रहनुभएको छ । यसैगरि सदस्यहरुमा इश्वरा थापा, मान्ता खरेल, धनमाया चिमरिया र जमुना राई रहनुभएको छ ।
क्लवले जिल्लाभर छरिएर रहेका महिला खेलाडीहरुलाई संगठित गरि प्रशिक्षण प्रदान गर्दै राष्ट्रिय अन्तराष्ट्रिय महिला खेलाडीहरुको उत्पादन गरिने अध्यक्ष रायमाझिले बताउँनुभयो । नव गठित समितिलाई प्रदेशसभा सदस्य हिराकुमार थापा, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथआले मामा लगायातले शुभकामना दिनुभयो ।
गठन गरिएको क्लवलाई कनकाई नगरपालिकाको मुख्य सहयोग रहने र बाकी अन्य पालिकाहरुबाट समेत मद्धत मागिने सचिव टिका लामिछानेले बताउँनुभयो । यसअघि समेत यस क्षेत्रको महिला फुटबल खेलको विकासका लागि देउसी खेली सहयोग संकलन गरि महिला खेलाडीलाई कनकाई माविको खेल मैदानमा नियमित प्रशिक्षण गराइदै आएको थियो ।

सम्बन्धित खबर