तुलसीप्रसाद निरौला
बिर्तामोड साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा साहित्यकार टीका भट्टराई नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन गरिएको छ ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीत उपाध्यक्ष दिपक राजमाझीले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, अध्यक्ष हस्त परियार, साहित्यकारहरु कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल , नवराज घिमिरेलगायतले गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’कोे विमोचन गरिएको थियो ।
कार्यक्रममा साहित्यकार केशव आचार्यले गीति संग्रह ‘प्रीति पुष्प’को समिक्षा गरेका थिए । सुरुङ्गा निवासी स्रष्टा टीका भट्टराई नेपालले एक सय छ वटा गीत समेटिएको गीति संग्रह प्रीति पुष्प निकालेर गीतकारका रुपमा आफूलाई अव्वल सावित गराएको उनले बताए ।
कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, सुसेली साहित्य परिवार झापाका अध्यक्ष पुण्यप्रसाद ेखरेल , लेखनाथ पुस्तकालय झापाका अध्यक्ष नवराज घिमिरेलगायतले स्रष्टा टीका भट्टराई नेपालका गीत सन्देशमुलक रहेको बताएका थिए ।
कार्यक्रममा दृष्टिविहीन गायक मेनुका पौडेल , मणी वर्देवा, भिम सुहाङ लिम्वू लगायतले स्रष्टा टीका भट्टराई नेपालका गीत प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा टीका भट्टराई नेपालको गीति एल्बम ‘प्रीति’मा समेटीएको दुईवटा गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो ।
स्रष्टा टीका भट्टराई नेपालको शव्द ,गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको ‘देखेँ सन्ततिले भुलेको कहानी ’बोलको गीतमा गायक निशान भट्टराईको स्वर रहेको छ भने निर्देशन चलचित्र निर्देशक दिनेशराज शर्माले गरेका छन् ।
त्यस्तै स्रष्टा टीका भट्टराई नेपालको शव्द ,गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको ‘वसन्तमा फुल्ने पुष्प’ बोलको गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने नृत्य निर्देशक राज शेर्माले निर्देशन गरेका छन् ।
झापाको दोमुखा, कोटीहोम , माइधार लगायतका स्थानमा छायाँङ्कन गरिएको गीतको म्यूजिक भिडियोको छायाँङ्कन र सम्पादन सन्तोष राना मगरले गरेका छन् भने ड्रोन क्यामरामा नगेन धिमाल र श्रृङ्गार कृष्ण सुवेदीको रहेको छ ।
गीतको म्यूजिक भिडियोका कलाकारहरुमा उत्तम केसी नेपाल, दिप्सन भट्टराई,टीका भट्टराई नेपाल, तेजस्वीनी बाँस्कोटा, निर्मला चौलागाईँ, अभिषेक धमला, जीना झर्ना काफ्ले९ जोडी०,बाल कलाकार प्रतीक नेपाल र देवीचरण भण्डारी रहेका छन् ।
वि।सं। २०५६ सालमा ‘आमाको माया शोक काव्य’ प्रकाशन गरेर साहित्य विधामा आफ्नो परिचय बनाएकी टीका भट्टराई नेपाल पछिल्लो समय गीतकारका रुपमा परिचित छिन् ।
गीतकार टीका भट्टराई नेपालको यस अघि ‘तस्विर तिम्रो यी आँखामा आउँछ कैलेकैले ’ बोलको गीत शिशिर योगीको संगीत र स्वरमा सार्वजनिक भइसकेको छ भने गायक तथा संगीतकार नरेन्द्र प्यासीको स्वर र संगीत रहेको ‘पिरतीमा यो मन पगालेर आए’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
उनको गीतमा निशान भट्टराई, नरेन्द्र प्यासी, प्रमोद खरेल, मेनुका पौडेल, यसोदा पराजुली लगायत चर्चित गायक गायिकाहरुको स
्वर रहेको बताइएको छ ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी सचिव खगेन्द्रा खुशीले गरेकी थिइन् ।