कनकाई अनलाईन
बिगत ९ बर्षदेखि दुबै मृगौला बिग्रिएर थलिएका झापा कनकाई नगरपालिका ४ का ४२ बर्षिय मानबहादुर बजगाईलाई कारितास नेपालले आर्थिक सहयोग गरेको छ ।
शुक्रवार बजगाईको घरमा पुगि ४० हजार रुपैँया मृगौला रोगी मानबहादुरलाई कनकाई नगरपालिका ४ का वार्डअध्यक्ष गोविन्दप्रसाद पौड्याल, कारितास नेपालको सुरक्षित आप्रवाशनको सुनिश्चिता प्रवाशीहरुको दिगो स्थानीय पुर्नस्थापना कार्यक्रमका परियोजना अधिकृत पुरुषोत्तम तामाङ्ग, कार्यकारी निर्देशक हिमालय अधिकारी, कार्यक्रममा कनकाई नगरपालिका कार्यक्रम संयोजक विवेश शिवाकोटीले उक्त रकम हस्तानतरण गर्नुभयो ।
बजगाईँ लामो समय वैदेशिक रोजगारीमा कतार जानुभएको थियो । त्यहि रहदा उहाँ मृगौला रोग लिएर नेपाल आउनुभएको थियो । बजगाईको उपचारको क्रममा विदेशबाट कमाएको रकम मात्रै सकिएन बचेको घरखेत समेत सबै सकिएको बजगाईकी श्रीमती मन्जुले बताउँनुभयो ।
हाल नियमित हप्ताको दुईपटक धरान घोपामा नियमति मृगौलाको डाइलेशिस गराउनुपरेको बजगाईले बताउँनुभयो । हालसम्म मृगौला प्रत्यारोपण गर्न महगो रकमको जोहो गर्न नसक्दा डाइलोसिसकै सहारा लिनुपरेको मानबहादुरको गुनासो छ , मरिजान पनि सक्दीन बाच्नका लागि पनि मासिक गाडीभाडा र रगत फेरेको मात्रै २५ हजार रुपैँयाको खर्च छ उहाँले भन्नुभयो । घरमा २५ रुपैँयाको कमाई नहुदा श्रीमानलाई लामो समय बचाईरहन पो नसकिने हो कि भन्ने चिन्तामा रहेको श्रीमती मन्जुको भनाई छ । अहिलेसम्म ऋणपान गरेरै मानबहादुरलाई बचाइरहेको स्थानीय डिल्लीराम भुर्तेल बताउँनुहुन्छ । भाउजु रुनुहुन्छ हामीले पनि सक्दो सहयोग गरेकै छौ ऋण तिर्नकै लागि अघिल्लो बर्ष बजगाईको घरजग्गा बिक्री गर्नु परेको भुर्तेलले बताउँनुभयो । बचेको यहि सानो कटेरो छ यो पनि बिक्री गर्नुपर्दा २ छोराछोरी कहाँ गएर ओत लाग्ने हुन थाहा छैन भुर्तेलले भने ।
आफुहरुले समेत सक्दो सहयोग गरिरहेको कनकाई ४ का वार्डअध्यक्ष गोबिन्दप्रसाद पौडेलले भन्नुभयो । आफुहरुले देश विदेशमा रहेका मनकारी नेपाली दाजुभाईलाई मानबहादुरलाई सहयोग गर्न अपिल गरेको समेत पौडेलले बताउँनुभयो ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सुरक्षित बैदेशिक रोजगारीमा पठाउनु र विदेशबाट फर्किएकाहरुलाई स्वदेशमै स्वरोजगारीको लागि मद्धत गर्न आफ्नो संस्था सुरक्षित आप्रवाशनको सुनिश्चिता प्रवाशीहरुको दिगो स्थानीय पुर्नस्थापना कार्यक्रमका परियोजनाले कनकाई नगरपालिकामा कार्यक्रम सुरु गरेको कनकाईका कार्यक्रम संयोजक विवेक शिवाकोटीले बताउँनुभयो । मानबहादुर समेत वैदेशिक रोजगारीमा पुगेर फर्किएका पिडित भएकाले केहि आर्थिक सहयोग गरिएको शिवाकोटीले बताउँनुभयो । कमजोर आर्थिक अवस्थाका विच हप्तामा दुई दिन मृगौलाको डाइलेसिसका लागि धरान जानुपर्दा भाडा तिर्न मुस्किल भएको भन्दै घरपायप क्षेत्रमा डाइलेसिसको व्यावस्था मिलाइदिन मानबहादुरले सम्बन्धित पक्षसमक्ष आग्रह गर्नुभएको छ ।