कुमरखोद,माघ २२।झापा गाउँपालिकामा बिहिबार क्यान्सर रोगको वारेमा अन्तकृया सम्पन्न भएको छ।विश्व क्यान्सर दिवसको अवसर पारेर झापा गाउँपालिका स्वास्थ्य साखाले आयोजना गरेको कार्यक्रममा क्यान्सर सबन्धी सचेतना दिइएको थियो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जिवन चौलागाईंले अहिले सम्मको तथ्याङ्कमा बिश्वभरी १ करोड मानिसको क्यान्सरका कारण मृत्यु भएको उल्लेख गर्नुभयो।उहाँले एसियामा क्यान्सरका केसहरु ६०% भएको बताउनु भयो।जसमा ६० लाख मानिसको मृत्यु भैसकेको छ।चौलागाईंका अनुसार क्यान्सर रोगको संक्रमण दर बढ्दो क्रममा रहेको छ यसको संक्रमण दर सन २०३० साल सम्ममा १ करोड पुग्ने अनुमान गरिएको छ।चौलागाईंले पुरुषमा हुने क्यान्सर रोगको कारण चुरोट,बिडी र सुर्ती बढी मात्रामा पाइएको छ भने महिलामा पाठेघर र स्तनमा क्यान्सर रोग भएको पाइएको छ।झापा जिल्लामा यसै बर्ष १३२१ जना क्यान्सर रोगको उपचारका लागी सिफारिस लिन आएको चौलागाईंले बताउनु भयो।
झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले क्यान्सर सम्बन्धीका सन्देसहरु समुदाय सम्म पुग्ने च्यानलको ग्याप रहेको बताउनु भएको छ।बिश्वकर्माले यो ग्यापलाई आजको दिवसले टेवा पुग्ने बताउदै क्यान्सर रोगको सुरुमै पहिचान भए यो रोग चाडै निको हुन सक्ने बताउनु भयो।उहाँले झापा गाउँपालिकामा यो साल २४ जना क्यान्सर रोगीले सिफारिस लिन आएको बताउनु भयो जसमा ७ जनामा क्यान्सर रोगको संक्रमण देखिएको बताउनु भयो।७ जनामा ६ महिला र १ पुरुष रहेका छन।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पुर्वान्चल क्यान्सर अस्पताल बिर्तामोडका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्रकुमार यादवले विश्वभरी क्यान्सर रोगको जोखिम दिनानुदिन बढेको बताउनु भयो।उहाँले महिलामा पाठेघर र स्तनमा हुने क्यान्सर बढेको बताउदै उपस्थित सबैलाई सचेत हुन आग्रह गर्नु भयो।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएकी झापा गाउँपालिकाकि उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले विषादी युक्त सागसब्जीबाट समेत क्यान्सरको जोखिम रहेको बताउनु भयो।उहाँले क्यान्सर रोग सम्बन्धी सचेतनामा गाउँपालिकाले समेत उचित कदम चाल्ने प्रतिवद्वता जनाउनु भयो।
झापा गाउँपालिका-४ स्थित डिल्लीराज माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा १ सय जना बढीको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन झापा गाउँपालिका स्वास्थ्य साखाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले गर्नु भएको थियो।