Kanakai Online

जिल्ला पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी झापा गाउँपालिकालाई।


बिहिवार, माघ २२, २०७७ |

गौरादह,माघ २२।झापाको गौरादह नगरपालिका गौरादह खेलकुद विकास समितिको आयोजनामा संचालित जिल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाईनेल खेल बिहिबार सम्पन्न भएको छ ।

फाईनलमा झापा गाउँपालिका र बिर्तामोड नगरपालिका बिच भएको प्रतिस्पर्धामा ३-२ को सेटमा बिर्तामोडको टिमलाई हराउँदै झापा गाउँपालिकाको टिमले उपाधि रक्षा गरेको हो । विजेता बनेको झापा गाउँपालिकाको टीमले नगद १ लाख, प्रमाणपत्र र मेडल पाएको छ । त्यसैगरी उपविजेता टीम बिर्तामोडले नगद ५१ हजार, प्रमााणपत्र र मेडलमा चित बुझाएको छ ।गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले बिजेता र उपबिजेतालाई पुरुस्कार प्रदान गरेका थिए भने खेलमा झापा गाउँपालिका प्रमुख जयनारायण शाहको समेत उपस्थिती रहेको थियो।

सम्बन्धित खबर