सुरुङ्गा,माघ २१।प्रतिबन्धित लागुऔषध ५४ एप्पुल सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दमक-१२ बस्ने २६ वर्षिय बिकास परियार र सोही ठाउँका २८ वर्षिय शरण राई रहेका छन् ।संका लागि चेकजाँच गर्ने क्रममा आज दिउँसो २ बजे भद्रपुर-५ स्थित नरसिंह बगानमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई डाइजेपाम १८ एप्पुल,बुप्रेनरफिन १८ एप्पुल र फेनारगन १८ एप्पुल गरि जम्मा ५४ एप्पुल सहित पक्राउ गरेको हो ।
दुवैलाई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता राकेश थापाले जनाएका छन् ।