Kanakai Online

ओली पक्षीय नेकपामा टिकाराम सहित झापाका ९ जना पत्रकार जिल्ला सदस्य


बुधवार, माघ २१, २०७७ |

कनकाई अनलाईन
पार्टी बिभाजनको औपचारिकता मात्रै बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समुहले अहिले आ आफ्नो पक्ष बलियो बनाउने काम शुरु गरेका छन । यसै बिच प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले माघ १९ गते बिर्तामोडमा चौथो पूर्ण बैठक मार्फत जिल्ला कमिटि बिस्तार गरेको छ । नेकपा झापाको साबिकको १७५ सदस्यीय कमिटिलाई बिस्तार गरी ६०१ सदस्यीय बनाएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताउनु भयो ।

बिस्तार गरिएको जिल्ला कमिटिमा क्रियाशिल पत्रकारहरुको संख्या समेत उल्लेख्य रहेको छ । नेकपा झापाले दिएको जानकारी अनुसार जिल्ला कमिटि सदस्यका रुपमा तत्कालिन माओवादी केन्द्रको पत्रकारको संस्था प्रेस सेन्टर झापाका अध्यक्ष समेत रहेको दमकका पत्रकार टिकाराम उप्रेती सहित ९ जना रहेका छन । जसमा अग्रज पत्रकार मोहन काजी न्यौपाने सहित साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, इजलास दैनिकका सम्पादक प्रदिप परियार र उजागर अनलाईनका सम्पादक लवकुश गौतम नेकपाको जिल्ला सदस्य चयन हुनु भएको छ । त्यस्तै पत्रकारहरु युवराज बिवश, बिशाल नेम्वाङ्ग र मनकुमार गदाल पनि नेकपा झापाको सदस्यका रुपमा चयन हुनु भएको नेकपा जिल्ला कमिटिले जानकारी दिएको छ ।

त्यस्तै नेकपा प्रदेश कमिटि सदस्यका लागि नेपाल पत्रकार महासंघ झापाका पुर्व सभापतिद्वय माधब बिद्रोही र गणेश पोखरेलको नाम सिफारिस गरिएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताउनु भयो ।

सम्बन्धित खबर