कनकाई अनलाईन
काठमाडौँ – नेकपा बहुमत समुहले बिहीबार भोली आमहड्ताल गर्ने भएको छ ।
संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा आमहड्ताल गर्ने निर्णय भएको नेता विष्णु रिजालले जानकारी दिए ।
उनले भने, ‘सरकारले अवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा बिहीबार आम हड्ताल गर्ने निर्णय भएको छ । यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछौँ ।’
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो।
संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीले संसदीय सुनुवाइबिनै बुधबार शपथ लिएका हुन् ।