कुमरखोद,माघ १८।झापा गाउँपालिकामा रहेको टाघनडुब्बा प्रहरी चौकीको टोलीले अन्दाजी ३० केजी बोइलर कुखुरा बरामद गरि नष्ट गरेको छ।झापा गाउँपालिका-४ को दसगजा क्षेत्रबाट अवैधरुपमा लुकिछिपी ल्याउदै गरेका कुखुरा बरामद गरि नष्ट गरिएको हो।
नेपाल भारत सिमाबाट अवैधरुपमा नेपाल भित्राइएका कुखुरा जमिनमा खाल्टो खनी नष्ट गरिएको प्रहरी नायव निरिक्षक खड्गबहादुर गिरीले बताउनु भयो।उहाँका अनुसार भारतमा अत्यधिक बर्ड फ्ल्यु देखिएकाले भारतबाट आयातित पंछी जन्य बस्तु र माछा नेपाल भित्राउन पुर्णरुपमा बन्देज गरिएको छ।जनप्रतिनिधी,स्थानिय,पत्रकार लगायतको उपस्थितीमा आइतबार इप्रका परिसरमा कुखुरा नष्ट गरिएको थियो।
गिरीले झापा गाउँपालिकाका बजार क्षेत्रमा समेत भारतबाट आयातित पंक्षीजन्य पदार्थ र माछा नबेच्न आग्रह गरिएको बताउनु भयो।
भारतमा अत्यधिक बर्ड फ्ल्यु रोगको संक्रमण फैलीएपछी नेपालमा उक्त रोगको संक्रमण फैलन नदिन अहिले जिल्लाका सिमा नाकाहरुमा कडाइ गरिएको पाइएको छ।नेपाल सरकारले समेत उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।